
मधेसखबर
वीरगन्ज,२६जेठ : नेपालमा गाँजाको खेति माथि लगाइएको प्रतिबन्ध हटाउने बारेमा संसद सम्म नै बहश चलिरहेका बेला थाइल्याण्ड गाँजा माथिको प्रतिबन्ध हटाउने एशियाकै पहिलो देश बनेको छ ।
नेपालमा गाँजाको खेती , बिक्रीवितरण , ओसारपसार र सेवनमा प्रतिबन्ध लगाइएको छ । तर दुइ तीन वर्ष यता संसदमै गाजाको खेती ममाथि लगाइएको प्रतिबन्ध हटाउनु पर्ने बहश नै चलिरहेको छ । यहि बेला थाइल्याण्ड गाँजा माथिको प्रतिबन्ध हटाउने एशियाकै पहिलो देश बनेकोे हो ।
औषधि र खानामा मसलाका रुपमा गाँजाको प्रयोग हुने गरेको इतिहास भए पनि थाइल्याण्डले गाँजालाई लागु औषध भनेर प्रतिबन्ध लगाएको थियो । तर लागु औषध सम्बन्धी कडा कानुन रहेको थाइल्याण्ड सरकारले कानुन परिवर्तन गर्दै गाँजाको खेति र प्रयोगलाई खुल्ला गरेको छ ।
सन् २०१८ मा गाँजालाई औषधिका रुपमा प्रयोग गर्न अनुमति दिएको थाइल्याण्डले अब खेति र सेवनलाई पनि खुल्ला गरेको हो । थाइल्याण्डमा यसअघि औषधिजन्य प्रयोजनका लागि मात्र गाँजा खेति खुल्ला थियो । कानुनमा भएको परिवर्तनसँगै अब थाइ नागरिकले घरका गमला र खेतबारीमा पनि गाँजा लगाउन पाउने छन् ।गाँजा खुल्ला गरेसँगै थाइल्याण्डले गाँजाको कारोबार र सेवन गरेको अभियोगमा जेल हालेका ४ हजार बन्दी रिहा गर्ने तयारी पनि छ ।
गाँजको प्रयोग खुल्ला गरेपछि मानव स्वास्थ्य र पर्यटन उद्योगमा फाइदा पुग्ने थाइ सरकारको विश्वास छ । थाइल्याण्डले गाँजालाई नगदे बालीका रुपमा विकास गर्ने र गाँजाका परिकारको व्यापार गर्ने लक्ष्य राखेको छ ।

