Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतकाे बिहारमा चट्याङ लागेर १९ जनाकाे मृत्यु

सांकेतिक फोटो

काठमाडौं,२२असार:भारतको बिहार राज्यमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य ७ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा बिहार राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको थियो ।

वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिएका मानिसहरुकाे चट्याङ लागेर मृत्यु भएको अधिकारीले बताएका छन् ।

भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै आगामी २४ घण्टाका लागि सावधानीका लागि सूचना (एलो अलर्ट) जारी गरेको छ ।साभार:राताेपाटीबाट

Related posts

अफगानिस्तानमा मुसलधारे वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

MadhesKhabar

बाल अस्पतालमा आक्रमण, २० भन्दा बढीको मृत्यु

MadhesKhabar

भारतमा चर्किदै प्रधानमन्त्री मोदी विरुद्धको किसान आन्दोलन

MadhesKhabar

Leave a Comment