Madhes Khabar
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा मुसलधारे वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

तस्बिर : एजेन्सी

काठमाडौं,३बैशाखःअफगानिस्तानमा तीन दिनदेखिको मुसलधारे वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको प्रकोप व्यवस्थापन विभागले आइबार विज्ञप्ति निकालेर शुक्रवारदेखि परेको पानीका कारण बाढी आउँदा तीन दिनमा ३३ जनाको मृत्यु भएको जानकारी गराएको हो । अरु २७ जना घाइते भएका छन् ।

बाढीका कारण ६ सय घर क्षतिग्रस्त भएका छन् । यस्तै झण्डै ६ सय किलोमिटर सडक भत्किनुको साथै दुई हजार एकड कृषि भूमिमा बाढी पसेको एएफपीले जनाएको छ । अफगानिस्तानका ३४ प्रान्तमध्ये २० वटा प्रान्तमा मुसलधारे वर्षा भएको हो ।

अफगानिस्तानमा पछिल्ला वर्षहरुमा मौसमजन्य घटनाहरु बढिरहेका छन् । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण मौसमी ढाँचा बिग्रिएका कारण अफगानिस्तान, पाकिस्तान लगायतका देशमा मौसमजन्य घटनामा तीव्र बृद्धि भैरहेको छ । चार दशकको युद्धबाट प्रभावित अफगानिस्तान विपद्का घटनाको सामना गर्नका लागि सबैभन्दा कम तयार देशहरुमध्येको एक हो ।

Related posts

वीरगन्जको महावाणिज्य दूतावसामा पनि मनाइयो भारतको ७७ औं गणतन्त्र दिवस

MadhesKhabar

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन

MadhesKhabar

रामगढवामा भएकाे चिम्नी विस्फोटमा परि मृत्यु हुनेकाे संख्या ९ पुग्याे

MadhesKhabar

Leave a Comment