Madhes Khabar
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा मुसलधारे वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

तस्बिर : एजेन्सी

काठमाडौं,३बैशाखःअफगानिस्तानमा तीन दिनदेखिको मुसलधारे वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको प्रकोप व्यवस्थापन विभागले आइबार विज्ञप्ति निकालेर शुक्रवारदेखि परेको पानीका कारण बाढी आउँदा तीन दिनमा ३३ जनाको मृत्यु भएको जानकारी गराएको हो । अरु २७ जना घाइते भएका छन् ।

बाढीका कारण ६ सय घर क्षतिग्रस्त भएका छन् । यस्तै झण्डै ६ सय किलोमिटर सडक भत्किनुको साथै दुई हजार एकड कृषि भूमिमा बाढी पसेको एएफपीले जनाएको छ । अफगानिस्तानका ३४ प्रान्तमध्ये २० वटा प्रान्तमा मुसलधारे वर्षा भएको हो ।

अफगानिस्तानमा पछिल्ला वर्षहरुमा मौसमजन्य घटनाहरु बढिरहेका छन् । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण मौसमी ढाँचा बिग्रिएका कारण अफगानिस्तान, पाकिस्तान लगायतका देशमा मौसमजन्य घटनामा तीव्र बृद्धि भैरहेको छ । चार दशकको युद्धबाट प्रभावित अफगानिस्तान विपद्का घटनाको सामना गर्नका लागि सबैभन्दा कम तयार देशहरुमध्येको एक हो ।

Related posts

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

MadhesKhabar

आयो अचम्मको खबर : उपचारपछि बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

MadhesKhabar

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा राजिनामा दिने घोषणा

MadhesKhabar

Leave a Comment