Madhes Khabar
राष्ट्रिय हेडलाइन

एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा :वीर्तामा सुबेदी , श्रीपुरमा मगर र पोखरियामा पौडेल आउँदै

काठमाडौं,२९असोजःप्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ जना इन्स्पेक्टर (प्रहरी निरीक्षक) हरुको सरूवा गरेको छ ।पर्साको इलाका प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाइँको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखामा सरुवा गरिएका छ भने उनको स्थानमा वीर्तामा प्रहरी निरीक्षक बिक्रम सुबेदी आउने भएका छन् ।

यस्तै वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्यामकुमार बस्नेतको जिल्ला प्रहरी कार्यालय धादिंगमा सरुवा भएकोछ । श्रीपुरमा अब उनको स्थानमा प्रहरी निरीक्षक नविन थापा मगर आउने भएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका ट्राफिक प्रहरी निरीक्षक लोक राज भट्टको मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंमा सरुवा भएकोछ भने अब उनको स्थानमा पर्सामा प्रहरी निरीक्षक युवराज कटुवाल आउने भएका छन् ।

यस्तै इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक स्वरुपराज शर्माको जिल्ला प्रहरी परिसर भक्तपुरमा सरुवा गरिएको छ भने पोखरियामा प्रहरी निरीक्षक प्रदीप पौडेललाई प्रहरी प्रधान कार्यालयले पठाएको छ ।

 

 

Related posts

धान ,चामलमा कर लगाउने भारतीय निर्णय फिर्ता लिन वीरगन्जका उद्योगीहरुको माग

MadhesKhabar

ओलीको पालामा नियुक्त गरिएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

MadhesKhabar

तराई मधेसमा महिलाका मुद्दा : विगत र वर्तमान

MadhesKhabar

Leave a Comment