Madhes Khabar
राष्ट्रिय

वीरगन्ज महानगरको मतगणना शुरु

मधेसखबर
वीरगन्ज ,३१ बैशाख
:मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मत गणना बल्ल शुरु भएको छ ।
सर्वपक्षीय बैठकले बिहान ११ बजे देखि नै गणना शुरु गर्ने निर्णय गरेपनि तयारी अपुग भएका कारण मतगणना दिउसो २ बजे देखि मात्रै शुरु भएको हो ।
वीरगन्ज १४ पिपरा स्थित नृसिंह माविको मतगणना स्थलमा शुरु मतगणनामा अहिले वडा नम्बर १ , २ , ३१ र ३२ को मतगणना भइरहेको छ ।
एकै पटक चार वटा वडाको शुरु मतगणनामा निर्वाचन कार्यालयका तर्फबाट ६÷६ जना गरि २४ जना खटिएका छन् । यस्तै उम्मेदवारका तर्फबाट एक एक जना मात्र प्रतिनिधीलाइ मतगणनामा बस्न दिइएको छ ।
शुरु मतगणनाको पहिलो नीतजाको जानकारी १ घण्टा पछि सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ ।


शुक्रबार भएको मतदानमा वीरगञ्ज महानगरपालिकामा ९३ हजार ७ सय ८२ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३२ वटै वडामा गरी ९३ हजार ७ सय ८२ मत खसेको हो । यो जम्मा मतदाताको ७५.२४ प्रतिशत हो । शुक्रबार भएको मतदानमा सबैभन्दा बढी मतदाता रहेको महानगरपालिकाको वडा नम्बर १६ मा पाँच हजार ६ सय ६५ मत र सबैभन्दा कम मत वडा नम्बर ७ मा १ हजार ७ सय ५७ मत मात्रै खसेको छ ।

Related posts

सर्वाेच्चकाे आदेश विरुद्ध नागरिकता विहिन युवाहरुद्वारा वीरगन्जमा प्रदर्शन 

MadhesKhabar

वीरगन्ज महानगरको मतपत्र कस्तो छापिदैछ ?

MadhesKhabar

गृह मन्त्रालयले भन्याे : भाेलि सार्वजनिक बिदा छैन

MadhesKhabar

Leave a Comment