Madhes Khabar
राष्ट्रिय

गृह मन्त्रालयले भन्याे : भाेलि सार्वजनिक बिदा छैन

काठमाडौं,२९माघ: नेकपा माओवादी केन्द्रले जितेका केही पालिकाहरूले जनयुद्ध दिवसको अवसर भन्दै भाेलि फागुन १ मा सार्वजनिक बिदाको घोषणा गरेपछि गृहमन्त्रालयले उक्त दिन सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ।

गृहमन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा फागुन १ मा कुनै सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको हो।

‘ मन्त्रिपरिषदको मिति २०८०/१०/२५ गतेको बैठकको निर्णयअनुसार नेपाल राजपत्र खण्ड ७२,संख्या ६५,भाग ५, मिति २०७९/१२/०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारी गराइन्छ,’मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि सरकारले जनयु्द्ध दिवसका अवसरमा फागुन १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। चौतर्फी विरोधपछि सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। सर्वोच्चले उक्त रिटमाथि सुनु्वाइ गर्दै जनयुद्ध दिवसको नाममा फागुन १ मा दिएको सार्वजनिक बिदा संविधानको भावना र मर्मविपरीत ठहर गर्दै खारेज गरिदिएको थियो।

तर,अदालतको आदेशविपरीत माओवादी केन्द्रले जितेका विभिन्न स्थानीय तहले जनयुद्ध दिवसको नाममा फागुन १ मा धमाधम सार्वजनिक बिदा घोषणा गरेका छन्। स्थानीय तहले बिदा दिन थालेपछि आलोचना सुरू भएको छ।

Related posts

तराई–मधेसमा अत्याधिक गर्मी : अझै ३ दिनसम्म तातो हावाको लहर चल्ने

MadhesKhabar

समानुपातिक तर्फकाे अन्तिम सुची निर्वाचन आयाेगले आज सार्वजनिक गर्दै

MadhesKhabar

वीरगन्जमा जेसिसकाे राष्ट्रिय सम्मेलन: १० जना उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित

MadhesKhabar

Leave a Comment