Madhes Khabar
राष्ट्रिय

समानुपातिक तर्फकाे अन्तिम सुची निर्वाचन आयाेगले आज सार्वजनिक गर्दै

 

वीरगन्ज ,२७ मंसिर : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज मङ्गलबार सार्वजनिक गर्ने तयारी गरेको छ।

 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज मङ्गलबार नामावली सार्वजनिक हुनेछ ।

आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५-५ सिट पाएका छन् ।

प्रत्यक्षतर्फको नतिजा यसअघिको सार्वजनिक भइसकेको छ । समानुपातिकको अन्तिम नतिजा सार्वजनिक भएसँगै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अन्तिम परिणाम बुझाउनेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।ड

Related posts

टेलिकम वर्कस युनियनको केन्द्रिय अध्यक्षमा वीरगन्जका रौनियार निर्वाचित

MadhesKhabar

रुसी सेनामा भर्ती भएका थप एक नेपाली युवकको मृत्यु

MadhesKhabar

सहकारी ठगी प्रकरणमै रवि लामिछाने विरुद्ध रुपेन्देही अदालतबाट पनि पक्राउ पुर्जी जारी

MadhesKhabar

Leave a Comment