Madhes Khabar
राष्ट्रिय हेडलाइन

दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गरीँदै


मधेसखबर
वीरगञ्ज , भाद्र ५ गते । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेताहरु मेडिसिटी अस्पताल प्राङ्गण पुगेका छन् ।

पुर्व राष्ट्रपति रामवरण यादव, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का, माओवादी नेता जनार्दन शर्मा, कांग्रेस नेता शेखर कोइराला, कांग्रेस महामन्त्री गगन थापा, स्वामी आनन्द अरुणलगायतले मेडिसिटीमै पुगेर श्रद्धाञ्जली दिएका हुन् ।

यस्तै कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता अर्जुन नरसिंहकेसी लगायतका नेताहरु गिरिलाई श्रद्धाञ्जली दिन पुगेका छन् ।

कांग्रेसले गिरिको अन्तिम संस्कार आर्यघाटमा अपराह्न हुने जनाएको छ । गिरिका निकटस्थहरुले भने सिरहा बस्तीपुरस्थित आश्रम लगिनुपर्ने जिकिर गर्दै आएका छन् । साभार अनलाईनखबर

Related posts

तलब बृद्धिको माग गर्दै कर्मचारीहरुले ठाकुरराम क्याम्पसमा गरे तालाबन्दी

MadhesKhabar

वीरगन्जमा प्रहरी जवान चाैधरीको ज्यादती, कुटपिटबाट ई-रिक्सा चालक घाइते

MadhesKhabar

पर्सामा बाघकाे आक्रमणबाट घाँस काट्न गएकी महिला घाइते

MadhesKhabar

Leave a Comment