Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा बाघकाे आक्रमणबाट घाँस काट्न गएकी महिला घाइते

प्रमाेद यादव
वीरगन्ज,२६माघ:पर्सामा शनिबार बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्।घाइते हुनेमा पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर २ मकवानी गाँउकी ३५ बर्षीया चाँदनी देवी रहेकी छन्।

शनिबार दिउँसाे गाउँ नजिकैको सात बिघा भन्ने स्थानमा घाँस काट्न गएका बेला चाँदनी देवीलाई बाघले आक्रमण गरेर घाइते बनाएकाे हाे।बाघले झम्टिदा उनकाे बाँया हात र पाखुरामा गम्भीर घाउ भएको छ।घाइते उनकाे वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेकाे र अवस्था खतरामुक्त रहेकाे ईलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

घाँस काटिरहेका बेला अचानक आएकाे बाघले आक्रमण गरेर र गाँउलेले हाेहल्ला गरेपछि उक्त बाघ जंगलतर्फ भागेकाे घाइते चाँदनी देवीले बताएको थापाले जानकारी दिए।

Related posts

मधेसका स्थानीय तहमा काम देखाएर आइकन बनेका महिला जनप्रतिनिधीहरु

MadhesKhabar

नवनियुक्त मन्त्री कलवारले सम्झिए मधेसी सहिदलाई

MadhesKhabar

वीरगन्ज: बिग्रिएर सडकमा राेकेकाे ट्रकमा माेटरसाइकल ठाेक्किदा २ युवककाे मृत्यु

MadhesKhabar

Leave a Comment