Madhes Khabar
स्थानिय हेडलाइन

अदालतबाट `स्टे अर्डर´आएपछि वीरगन्जको मुर्लीमा रोकियो सडक विस्तार

वीरगन्ज,७ वैशाख :वीरगन्ज महानगरपालिकाले वडा नम्बर १२ मुर्ली चोकदेखि उत्तर तिर नेपाल आयल निगमको क्षेत्रीय कार्यालयसम्म जाने सडक विस्तारको काम सुरु नहुदैं रोकिएको छ ।

वीरगन्ज महानगरपालिकाको कार्यालयले मुर्लीचोकदेखि बाइपासको नेपाल आयल निगमसम्मको भित्रि सडक सोमबार अपरान्हदेखि विस्तार गर्ने तयारी गरेको थियो । तर त्यस क्षेत्रभि पर्ने तीन जना घरधनीले सोमबार उच्च अदालत अस्थायी इजलाशमा सडक विस्तार कार्य नगर्न माग गर्दै रिट निवेदन दिएका थिए । उक्त रिट निवेदन उपर सुनुवाई गर्दै उच्च अदालत जनकपुर अस्थायी इजलाशले सडक विस्तार कार्य तत्काल सुरु नगर्न भन्दै स्टे अर्डर जारी गरेका कारण सडक विस्तारको काम हालका लागि स्थगित गरिएको हो ।

अदालतबाट हालका लागि सडक विस्तार कार्य सुरु नगर्न भन्दै स्टे अर्डर आएका कारण मुर्ली चोकदेखि बाइपासको नेपाल आयल निगमसम्मको भित्रिी सडक चौडा गर्ने काम हालका लागि स्थगीत गर्नु परेको मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज फुर्यालले जानकारी दिए ।

यसअघि आइतबार वीरगन्ज महानगरपालिकाले एक सूचना जारी गर्दै मुर्ली चोकदेखि आयल निगमको कार्यालयसम्म जाने सडक १० मिटर चौंडा गर्नुपर्ने भएकाले सडकको मध्यभागबाट दाँयाँ र बाँया ५/५ मिटर क्षेत्रमा पर्ने सबै संरचना २४ घण्टाभित्र (सोमबार अपरान्ह ३ बजेसम्म) हटाउन सम्बन्धित घरधनीहरुलाई अल्टिमेटम दिएको थियो । लागि

महानगरपालिकाका अनुसार, मुर्ली चोकदेखि आयल निगमसम्म सडक बिस्तार गर्ने सम्बन्धमा सडकको मध्य भागदेखि दायाँ बायाँ ५÷५ मिटर गरि जम्मा १० मिटर सडक चौडा (विस्तार) गर्ने क्रममा आयल निगमको कार्यालयदेखि सबाह अन्सारीको घरसम्म पुरा भइसकेको छ । अब बाँकी रहेको सडक पनि विस्तार गर्नका लागि २०८१ माघ १३ गते नै सार्वजनिक सूचना जारी भएकोमा विविध कारणले अवरुद्ध हुँदै आएको थियो । बाँकी रहेको सबाह अन्सारीको घरदेखि मुर्ली चोकसम्मको सडकको केन्द्रबाट ५÷५ मिटर दायाँ बायाँ गरी जम्मा १० मिटर सडक क्षेत्रभित्र निर्माण भएका भवनहरु (संरचनाहरु) २४ घण्टाभित्र अर्थात सोमबार दिउँसो ३ बजेसम्म खाली गर्न महानगरपालिकाले सूचना मार्फत अनुरोध गरेको थियो ।

Related posts

अविरल वर्षाले क्षतिग्रस्त सडक मर्मत गर्दै वीरगन्ज महानगर

MadhesKhabar

पर्सामा डिभोर्सका घटना चार गुणाले वृद्धि

MadhesKhabar

इस्लाम धर्मावलम्बीको मुख्यपर्व रमजान सुरु

MadhesKhabar

Leave a Comment