Madhes Khabar
समाचार स्थानिय

हुण्डी कारोबार गर्ने अभियोगमा २० लाख नगद सहित दुई भारतीय पक्राउ


माधुरी महतो
वीरगंज असार २९ , २०७९ प्रहरीले हुण्डी कारोबारको अभियोगमा २० लाख नगद रकम सहित २ जना भारतीयलाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचको क्रममा भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा भारतको विहार पुर्वी चप्कारण जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर २० का २८ वर्षिय संजित कुमार र सोही स्थानका २४ वर्षिय अनुराग मिश्र रहेका छन् ।

उनीहरुमाथि बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर सम्बनिधी मुद्धा गराई थप अनुसन्धान भईरहेको पर्सा प्रहरीका प्रवक्ता एव् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

सिमावर्ती भारतको रक्सौलबाट नेपालको वीरगञ्जतर्फ आउँदै गरेको BR0 5 U 3500 नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल रोकी चेकजाँच गर्दा दुवै जनाले लगाएको पाइन्टको दुवै खल्ती, कम्मर पेटीमा पटुका बाँधी र हेलमेटको भित्री भागमा लुकाई छिपाई ल्याईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

Related posts

नेपाल–भारत सीमा सुरक्षाबारे रक्साैलमा सर्वपक्षीय बैठक सम्पन्न

MadhesKhabar

वीरगन्जमा कर्फु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी

MadhesKhabar

वीरगन्जबाट ब्राउन सुगर लिएर जाँदै गरेका ४ युवक हेटाैंडामा पक्राउ

MadhesKhabar

Leave a Comment