Madhes Khabar
स्थानिय

साँढेको आक्रमणबाट घाइते रामको उपचार खर्च महानगरले व्यवहोर्छ – मेयर सिंह

तस्वीरःटिभी वीरगन्ज

मधेसखबर
वीरगन्ज,१७जेठः
वीरगन्ज महानगरमा छाडा साँढेको आक्रमणबाट गम्भिर घाइते भएका लक्ष्मण रामको उपचारको खर्च सम्पूर्ण खर्चको जिम्मा महानगरपालिकाको कार्यालयले लिने भएको छ ।
वीरगन्ज महानगरपालिकाको परवानीपुर सडकखण्डमा दुई दिन अघि छाडा साँढेको आक्रमणबाट गम्भीर घाइते भएका रामको वीरगन्जको बाइपास स्थित स्पर्स मल्टिस्पेशलिटी अस्पतालमा उपचार भइरहेको छ ।
रामको पारिवारिक अवस्था अत्यन्त कमजोर भएका कारण उनको उपचार खर्च महानगरपालिकाको कार्यालयले व्यवहोर्ने भएको हो ।
मङगलबार दिउसो अस्पतालमै पुगेर मेयर राजेशमान सिंहले घाइते रामको अवस्था बारे जानकारी लिदै उनको उपचार खर्च महानगरले व्यवहोर्ने बताएका हुन् । गरिबीको कारण रामको उपचारमा कठिनाइ भएको जानकारी पाउनासाथ मङगलबार मेयर सिंह उनलाइ भेट्न अस्पताल पुगगेका थिए ।
रामको पारिवारिक आर्थिक अवस्था अत्यन्त दयनीय रहेको र छाडा चौपाया नियन्त्रण नहुँदा रामको अवस्था गम्भीर भएको हुँदा उनको उपचारको खर्च महानगरपालिकाले व्यहोर्ने निर्णयमा पुगेको मेयर सिंहले बताए ।


मेयर सिंहले वीरगन्जका सडकमा छाडा चौपाया नियन्त्रणमा लिन शुरु गरिसकिएको पनि बताए ।
वीरगन्जका सडकमा छाडा छाडिएका गाई, साँढे, बाछाबाछी, घोडा , बाख्रालाइ नगरप्रहरीले नियन्त्रणमा लिएर कान्जी हाउसमा राख्न थालेको जानकारी उनले दिए । कान्जी हाउसमा राखिएका छाडा चौपायाहरु महानगरपालिका आफैले हेटौडा स्थित गौशालामा पु¥याउने उनले बताए ।
जरिवाना र चेतावनीमा अटेरी गर्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले छाडा चौपाया नियन्त्रणपछि जफत गर्ने र ती चौपायालाई हेटौडा गौशालामा पुरयाईने निर्णयमा पुगेको मेयर सिंहले बताए ।

Related posts

वीरगन्जको टुटेफुटेको मेनरोड मर्मत नहुने

MadhesKhabar

‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ पत्रकार क्रान्ति शाहलाई प्रदान गरिने

MadhesKhabar

गलत समाचार लेखेर जनतामा भ्रम फैलाउने काम नगर्न पत्रकारहरुसंग वीरगन्जका मेयर सिंहकाे आग्रह

MadhesKhabar

Leave a Comment