Madhes Khabar
स्थानिय

वीरगन्जको टुटेफुटेको मेनरोड मर्मत नहुने

जीर्ण भएको वीरगन्जको घण्टाघर देखि माइस्थान चोक सम्मको मुख्य सडक

माधुरी महत्तो
वीरगन्ज, १५ बैशाख
: वीरगन्जको पावरहाउस चोक देखि घण्टाघर हुदै देखि रजत जयन्ति चोक सम्म भत्किएको मुख्य सडक मर्मत सम्भार अन्यौलमा परेको छ ।
विशेष गरि घण्टाघर देखिी माइस्थान सम्म भत्किएको मुख्य सडक , मर्मतसम्भार नहुदा सवारीचालक , पैदलयात्री र त्यस क्षेत्रका व्यवपारीहरु सास्ती खेप्न बाध्य छन् ।
वर्षामा सडकको खाल्डाखुल्डीमा पानी जम्ने र सुख्खा याममा धुलो उड्दा महानगरवासीलाइ समस्या हुने गरेको छ ।
सडक मर्मत कार्य अन्यौलमा परेपछि यो वर्षामा फेरि खाल्डाखुल्डीमा जम्ने पानी र हिलोमै स्थानीयलाइ यात्रा गर्नु पर्ने बाध्यता हुने भएको छ ।
पावरहाउस चोक देखि घण्टाघर हुदै देखि रजत जयन्ति चोक सम्म भत्किएको मुख्य सडक यो आर्थिक वर्षमा पनि मर्मतसम्भार नहुने भएको सडक विभागको वीरगञ्ज पथलैया व्यापारिक मार्ग आयोजनाका प्रमुख मनिष साहले बताएका हुन् ।
साहका अनुसार , त्रिभुवन राजपथ अन्तर्गत पर्ने उक्त मुख्य सडक मर्मतका लागि सडक विभागले निकालेको ठेक्का रद्द भएपछि , सडक मर्मत कार्य अन्योलमा परेको हो ।


वीरगन्जको पावरहाउस देखि घण्टाघर हुदै रजतजयन्ती चोकसम्म ६ किलोमिटर सडक मर्मतका लागि सडक विभागको वीरगन्ज पथलैया व्यापारिक मार्ग आयोजनाले ठेक्का निकालेको थियो ।
उक्त ठेक्कामा एउटामात्रै निर्माण कम्पनीले आवदेन हालेको थियो ।
तर आवेदन दिएको निर्माण कम्पनीले सडक विभागले राखेको अधिकतम रकमभन्दा बढी रकममा ठेक्का प्रस्ताव गरेपछि , ठेक्का रद्द गरिएको आयोजना प्रमुख साहले बताए ।
साहले भने ,‘ आयोजनाले निकालेको बोलपत्र आह्वानमा एउटा मात्र निर्माण कम्पनीले ठेक्काको आवदेन हालेको थियो , सम्झौता गर्न सकिन्थ्यो पनि तर, अधिकतम रकमभन्दा बढीको प्रस्ताव आएकाले ठेक्का नै रद्द गर्नुपरेको हो ।
चैतभित्रै मर्मत सक्ने लक्ष्य राखेर सडक विभागले गत पुसमा ५ करोड रुपैयाँमा ठेक्का आह्वान गरेको थियो । सागर÷निरीक्ष जेभीले सडक विभागले राखेको भन्दा १ लाख १७ हजार रुपैयाँ बढीमा प्रस्ताव हालेको थियो ।
अब चालू आर्थिक वर्षमा सडक मर्मतको सम्भावना नरहेको आयोजना प्रमुख साहले बताए । वर्षा शुरू हुने भएकाले काम गर्न नसकिने उनको भनाइ छ ।मर्मतका लागि अब आगामी आर्थिक वर्ष कुर्नुपर्ने भएको भन्दै उनले भने ,‘ वर्षामा ठेक्का र काम दुवै हुँदैन,’।
सडक विभागको अधिकार क्षेत्रमा पर्ने त्रिभुवन राजपथ अन्तर्गतको वीरगन्जको मुख्य सडक वर्षौंदेखि मर्मत हुन सकेको छैन ।
त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको गण्डक देखि मितेरीपुलसम्मको सडकखण्ड विस्तारको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सडक विभागले उक्त खण्डको मर्मतमा उदासीनता देखाउँदै आएको थियो । तर अहिले सडक विभागले बल्लबल्ल सडक मर्मतको ठेक्का आह्वान गरेकोमा त्यो पनि रद्द भएपछि मुख्य सडक मर्मत अन्यौलमा परेको हो ।


यता वीरगन्ज महानरगपालिकाले पनि उक्त सडक सडक विभाग मातहतमा पर्ने भएकाले महानगरले मर्मत गर्न नसकेको बताउदै आएको छ ।
मधेसखबरसंगको कुराकानीमा महानगरका निवर्तमान मेयर विजय कुमार सरावगीले भने ,‘ भत्किएको सडक मर्मत नहुदा मैले धेरै आलोचना खेप्नु परिरहेको छ , तर चाहेर पनि सडक मर्मत गर्न सक्दिन कारण यदि महानगगरले त्यसमा बजेट खर्च गरयो भने भोलि त्यो बेरुजू ठहरिन्छ ।
त्यसैले मुख्य सडक मर्मका लागि सडक विभागलाइ आफुले पटक पटक आग्रह गरेको भन्दै उनले भने ,‘ अहिले ठेक्का पनि लागिसकेको थियो तर फेरि रद्ध भयो भनेर सुन्दैछु , यो हाम्रा लागि दुर्भाग्य नै हो
यस्तै रजतजयन्ती चोकदेखि मितेरी पुलसम्म १३ सय मिटर सडक मर्मतको काम पनि अझै अघि बढ्न सकेको छैन । समा कन्स्ट्रक्सनसँग ५ करोड रुपैयाँमा सम्झौता भएकोमा ठेक्का नपाएका ठेकेदारले मिलेमतो भएको भन्दै अदालतमा मुद्दा हालेपछि काम अघि नबढाउन अन्तरिम आदेश अदालतबाट भएको छ ।

Related posts

वीरगन्जको मालपोत कार्यालयबाट लेखापढी व्यवसायी कलवार पक्राउ

MadhesKhabar

अपडेट : पर्सामा ६९ % मतदान, मतगणना साेमबार बिहान देखि शुरु

MadhesKhabar

मेयर सिंहको पहलमा मितेरी पुल र भन्सार क्षेत्रको सडक मर्मतको काम शुरु

MadhesKhabar

Leave a Comment