Madhes Khabar
स्थानिय हेडलाइन

‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ पत्रकार क्रान्ति शाहलाई प्रदान गरिने

वीरगन्ज,१७ साउन : स्व. ‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ पुरस्कार वीरगन्जका पत्रकार क्रान्ति शाहलाई प्रदान गरिने भएको छ ।वीरगन्जका फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष एक जना सकृय पत्रकारलाई ५१ हजार रुप्ेयाँ राशीको उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

शनिबार बसेको प्रतीक प्रकाशन समुहको बैठकले यसवर्षको स्व. ‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ अन्नपूर्णपोष्ट पत्रिकाका पर्सा जिल्ला संवाददाता ततथा मधेस खबर अनलाइन पत्रिकाका अध्यक्ष शाहलाई दिने निर्णय गरेको हो ।

यस्तै बैठकले उत्कृष्ट स्तम्भकारका रुपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा आर्थिक अभियान दैनिकका संवाददाता ओमप्रकाश खनाल र उत्कृष्ट संवाददताका रुपमा प्रतीक दैनिक र मधेस खबरका संवाददाता प्रमोद यादवलाई सम्मानित गर्ने निर्णयपनि गरेको छ ।

आगामी भदौं १ गते प्रतीक दैनिकको वार्षिक उत्सवका दिन पत्रकार शाह, खनाल र यादवलाई पुरस्कृत गरिने प्रतीक प्रकाशन समुहले जनाएको छ ।

 

Related posts

बारामा १३ वर्षिया बालिकालाई बलात्कार गरि फरार बैठा ७ महिनापछि पक्राउ

MadhesKhabar

पर्सा : गुनासो गर्न गएका सेवाग्राहीलाई वडाध्यक्षले रुखमा बाँधेर कुटे

MadhesKhabar

पर्सागढीमा सञ्चालित शिविरमा ५६५ जनाको आँखाको गरियो निःशुल्क शल्यकृया

MadhesKhabar

Leave a Comment