Madhes Khabar
राजनीति हेडलाइन

लाेसपाले संविधान दिवसलाई विरोध दिवस’ को रुपमा मनाउने

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज ,०२ असाेज : लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)नेपालले असाेज ३ गतेकाे संविधान दिवसलाई ‘विरोध दिवस’ को रुपमा मनाउने निर्णय गरेको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी साेमबार असाेज ३ गतेकाे संविधान दिवसलाई विराेध दिवसका रुपमा मनाउने निर्णय गरिएकाे जानकारी दिएका हुन् ।

लाेसपा अध्यक्ष ठाकुरले संविधानमा पूर्ण रुपमा सहमति नरहेको भन्दै आफूहरुको माग समेटी संविधान संशोधन नभएसम्म विरोध रहिरहने उल्लेख गरेका छन् ।

लोसपाले साेमबार संविधान दिवसलाई विरोध दिवसको रुपमा मनाउन पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई पालिका स्तरसम्म विरोधका विभिन्न कार्यक्रमहरु गर्न आग्रह पनि गरेको छ ।

Related posts

परवानीपुरमा काँग्रेस र एमाले बिच तालमेल ,कार्यपालिका सदस्यमा ६ जना निर्वाचित

MadhesKhabar

राजनीतिक गतिविधिमा भाग लिने शिक्षक र प्राध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

MadhesKhabar

वीरगन्ज ३ मा जसपाको क्लीन स्वीप,जसपाका बैजु पुन वडा अध्यक्षमा विजयी

MadhesKhabar

Leave a Comment