Madhes Khabar
स्थानिय हेडलाइन

पर्साको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा दुई दिनदेखि ठप्प

वीरगन्ज,२४ वैशाख : जिल्ला प्रशासन कार्यालय पर्सामा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दुई दिनदेखि अवरुद्ध भएको छ ।राष्ट्रिय परिचय पत्र तथा पञ्जकिरण विभागको राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) अर्थात केन्द्रिय सर्भरमै आएको प्राविधिक खराबीका कारण जिल्ला प्रशासन कार्यालय पर्सामा पनि बुधबारदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अवरुद्ध भएको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय पर्साले एक सार्वजनिक सूचना जारी गर्दै केन्द्रिय सर्भरमा आएको प्राविधिक खराबीका कारण पर्सामा पनि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको जनाएको छ ।

राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा केही प्राविधिक समस्या आई मर्मत कार्य जारि रहेकोले पर्सासहित देशैभरका जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । हालसम्म पनि सर्भरको मर्मत कार्य पुरा नभइसकेका कारण सेवा सूचारु नभएकोले अर्को सेवा सूचारू भएको सूचना प्रकाशन नभए सम्मको लागि जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अवरुद्ध रहने उनले बताए ।राष्ट्रिय परिचय पत्र तथा पञ्जकिरण विभागबाट सर्भर मर्मत भएको सूचना आउना साथ पुन सेवा सुचारु गरिने उनले बताए ।

Related posts

गाई पालनमा देशकै उदाहरणीय बन्दै इन्जिनियर श्यामवदन

MadhesKhabar

पोखरिया बजारमा अतिक्रमण गरि बनाइएका संरचनाहरु डोजर लगाएर हटाउन शुरु

MadhesKhabar

अयाेध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनका लागि वीरगन्जबाट भक्तालु तथा दर्शनार्थी प्रस्थान

MadhesKhabar

Leave a Comment