Madhes Khabar
राजनीति

परवानीपुरमा काँग्रेस र एमाले बिच तालमेल ,कार्यपालिका सदस्यमा ६ जना निर्वाचित

मधेसखबर
वीरगन्ज,१२जेठः
बाराको परवानिपुर गाउँपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेस र नेकपा एमालेका गरि ६ जना निर्वाचित भएका छन ।
परवानीपुर बजारमा रहेको भोजभगत मावि परिसरमा भएको निर्वाचनमा एमालेबाट तीन जना र कांग्रेसबाट तीन जना गरी ६ जना कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।
कार्यपालिका सदस्यमा निर्वाचित हुनेमा कांग्रेसको तर्फबाट कोहरी देवी भरिन् ,चिन्ता देवी पासवान र महन्थ राम हरिजन रहेका छन् । एमालेको तर्फबाट इन्दुकलिया देवी चमइन् , लक्ष्मीना देवी नुनिया र जगदीश राम कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।
गाँउपालिकाको कार्यपालिका सदस्याका लागि भएको निर्वाचनमा एमाले र कांग्रेस बिच तालमेल भएको थियो । कार्यपालिका सदस्य पदका लागी १४ जनाको उम्मेदवारी परेको थियो ।

Related posts

पर्साका सांसद प्रदीप यादव स्वास्थ्यमन्त्री बन्दै, आजै साँझ ६ बजे शपथ लिने तयारी

MadhesKhabar

गगन थापा भन्छन् : कांग्रेस देउवाकै हस्ताक्षर लिएर चुनावमा जाँदैन

MadhesKhabar

सिके राउतले पार्टी कब्जा गर्न खाेजेकाे भन्दै जनमत पार्टीका केन्द्रीय नेताहरुले छाडे पार्टी

MadhesKhabar

Leave a Comment