Madhes Khabar
राजनीति हेडलाइन

पर्साका सांसद प्रदीप यादव स्वास्थ्यमन्त्री बन्दै, आजै साँझ ६ बजे शपथ लिने तयारी

फाइल तस्बिर ।

वीरगन्ज,३१बैशाखःपर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य (सांसद) प्रदीप यादव संघीय सरकारका स्वास्थ्य तथा जनस्वास्थ्यमन्त्री बन्ने भएका छन् ।

जनता समाजवादी पार्टी(जसपा)ले स्वास्थ्यमन्त्रीमा उपमहासचिव प्रदीप यादवलाई सिफारिस गरेको हो । पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वास्थ्यमन्त्रीमा यादव र स्वास्थ्य राज्यमन्त्रीमा हसिना खानको नाम पठाएको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । दुवै जनाले सोमबार अर्थात आज नै साँझ ६ बजे शपथ लिने तयारीसमेत रहेको छ ।

जसपाले मन्त्रीमा रञ्जु झाको नाम पनि प्रधानमन्त्रीलाई दिएको छ । तर मन्त्रालय रिक्त नरहेकाले कुनै मन्त्रालय खालि गरेर मात्र उनको टुंगो लाग्ने र तत्कालका लागि विना विभागीयमन्त्रीको शपथ खुवाउने तयारी भइरहेको बताइएको छ

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार नै राजीनामा दिएका थिए । त्यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका थिए ।

जसपा, नेपाल विभाजनपछि अशोक राई नेतृत्वमा बनेको जसपाबाटै अहिले नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री रहेका छन् ।

१२ सांसद भएको जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विदेशमा रहेका बेला वैशाख २३ गते विभाजित भएको थियो । ७ सांसदसहित अशोक राई नेतृत्वको जसपालाई वैशाख २४ गते नै निर्वाचन आयोगले दलको मान्यता दिइसकेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव अब संसदमा पाँच सिटको नेतृत्व गर्ने दलको नेतामा सीमित भएका छन् ।

 

Related posts

सरस्वती पूजाको मुर्ति बिर्सजनमा फरक समुदायले अवरोध गरे प्रतिकारमा उत्रने हिन्दुहरुको चेतावनी

MadhesKhabar

बाराबासीलाई खुशीको खबर : अब कलैयाबाटै सवारी चालकको लाइसेन्स वितरण हुने

MadhesKhabar

वीरगन्ज कारागारका कैदीको उपचारका क्रममा मृत्यु भएपछि नारायणी अस्पतालमा प्रदर्शन

MadhesKhabar

Leave a Comment