Madhes Khabar
स्थानिय हेडलाइन

बाराबासीलाई खुशीको खबर : अब कलैयाबाटै सवारी चालकको लाइसेन्स वितरण हुने

वीरगन्ज,२९फाल्गुनःबाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयलेपनि अब सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण कार्य सुरु गर्ने भएको छ ।गत मंसिर २५ मा कार्यालय स्थापना भएसँगै पहिलो पटक लाइसेन्स दिने काम अगाडी बढेको कार्यालय प्रमुख नवाज हुसैनले जानकारी दिए ।

कलैयाको कार्यालयबाट यसअघि सवारी दर्ता र लाइसेन्स नविकरणको काम मात्रै हुने गरेकोमा अव लाइसेन्स नै वितरणको जिम्मेबारी पाएको कार्यालय प्रमुख हुसेनले बताए ।अब मोटरसाईकल स्कुटी, जीप, कार, अटो रिक्सा,ट्रयाकटर जस्ता हलुका सवारी साधनको लाइसेन्स बितरण गर्ने अधिकार कार्यालयले पाएको उनले बताए ।

अधिकार पाएसँगै लाइसेन्सका लागि लाइसेन्सका लागि आवेदन खुल्ला गर्ने कार्यपनि भईसकेको पनि हुसेनले जानकारी दिए । लाईसेन्स वितरणका लागि आवश्यक पूर्वाधारसमेत कार्यालयले निर्माण गरिसकेको हुसेनले बताए ।

कार्यालय नजिकै रहेको कलैया ३ गंगापुरमा ‘सवारी ट्रायल सेन्टर’ निर्माण भईसकेको छ । नेपाल सरकारलाई कुनै भार नपर्ने गरी सवारी ट्रायल सेन्टर संचालनमा ल्याइएको कार्यालय प्रमुख हुसेनले बताए । सुरुमा हलुका सवारीको लाईसेन्स बितरण गर्ने र विस्तारै सबैखाले सवारीको लाइसेन्स वितरण गर्ने नीति लिइएको कार्यालयले जनाएको छ ।यसअघि यातायात कार्यालय कलैया बारालाई लाईसेन्स वितरणको अधिकार नहुँदा बारा जिल्लाका सेवाग्राहीलाई वीरगन्जनै पुग्नुपर्ने बाध्यता रहेकोमा अब त्यो बाध्यता हटेको उनले बताए ।

Related posts

वीरगन्जकाे विकास र समृद्धिका लागि युवाकाे साथ र सहयाेग चाहेकाे छु: मेयर सिंह

MadhesKhabar

बारामा प्रहरीको अभियान : एकै दिन ५ भट्टी तोडफोड , १० हजार लिटर कच्चा पदार्थ नष्ट

MadhesKhabar

जेनजी आन्दोलनमा अराजक समुहले उखलेर फालेको विरुवाहरु जगरनाथपुर गाँउपालिकाले फेरि रोप्यो

MadhesKhabar

Leave a Comment