Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको आइसिपी भन्सार नाकाबाट भारतमा गाँँजा तस्करी

वीरगन्ज,०२फागुन: वीरगन्जको एकिकृत जाँच चौकी (आइसिपि) नाका हुदै भारत पुरयाइएको ठूलो परिमाणमा लागु औषध गाँजासहित एक नेपाली पक्राउ परेका छन् ।

वीरगन्जको आइसिपीसंग जोडिएको रक्सौलस्थित भारतीय आइसिपीको ४ नम्बर गेटबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ३ क्वीन्टल ७५ किलोग्राम गाँजासहित मकवानपुरका अम्बर बहादुरलाई बुधबार बिहान पक्राउ गरेको हो ।

वीरगन्जको आइसिपी नाका हुदैं भारत रक्सौलको आइसिपीमा पुगेको ना ४ च ८९७८ नम्बरको पिकअप गाडीलाई एसएसबीले शंका लागेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त पिकअप गाडीको पछाडि पट्टीको भागमा फल्स बटम बनाएर राखिएको अवस्थामा २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा भेटिएको एसएसबीका ४७ नम्बर कमाण्डेण्ट विकास कुमारले जानकारी दिए ।

प्लाष्टिकको टेपले बेरेर २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा बरामद भएपछि गाडीका चालक अम्बर बहादुर र गाँजासहितको गाडी नियन्त्रणमा लिइएको उनले बताए ।

यसअघि एक हप्ता पहिलेपनि अर्थात गत माघ २५ गतेपनि रक्सौल आइसिपीको त्यहि गेटबाट एसएसबीले नेपालबाट भारत भित्रयाउन लागिएको अवस्थामा २ क्वीन्टल ६ किलोग्राम गाँजा बरामद गरेको थियो ।

 

Related posts

ठोरी नाकामा चेकजाँचको बहानामा भारतीय पर्यटकलाई हैरान नपार्न सुरक्षाकर्मीलाई सुझाव

MadhesKhabar

जेनजी शहिदका परिवारलाई भेटेर वीरगन्जका मेयर सिंहले भनेः मबाट हुने सक्दो सहयोग गर्छु

MadhesKhabar

पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की दिने वडाध्यक्षका छोरालाई कारबाही गर्न माग

MadhesKhabar

Leave a Comment