Madhes Khabar
स्थानिय हेडलाइन

साढे ९ वर्षपछि आफ्नै भवनमा सञ्चालनमा आयाे पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे कार्यालय

वीरगन्ज,१८कार्तिक :पर्साको जगरनापुर गाँउपालिकाको गाउँकार्यपालिकाे कार्यालय नवनिर्मित आफ्नै भवनमा सञ्चालनमा ल्याइएको छ ।

विगत साढे ९ वर्षदेखि वडा नम्बर ४ जगरनाथपुरस्थित मदरसाकाे भवनमा सञ्चालनमा रहेको गाँउकार्यपालिकाको कार्यालय बुधबारदेखि नवनिर्मित प्रशासनिक भवनमा सञ्चालनमा ल्याइएको हो ।


बुधबार हिन्दु धार्मिक रितिरिवाज अनुसार गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले पूजापाठ गरेपछि पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य रमेश रिजालले नवनिर्मित दुई तल्ले प्रशासनिक भवनको उद्घाटन गरेका हुन्।उद्घाटनसंगै कार्यालयका दैनिक कामकाजपनि नवनिर्मित भवनबाटै सञ्चालनमा ल्याइएको गाँउपालिका अध्यक्ष यादवले जानकारी दिए ।

वडा नम्बर ४ जगरनाथपुरमा २ करोड ३५ लाख रुपैयाँको लागतमा सुविधासम्पन्न दुई तल्ले प्रशासनिक कार्यालय निर्माण गरिएको उनले जानकारी दिए।मधेस प्रदेश सरकारकाे ६५ लाख , जिल्ला समन्वय समितकाे ३५ लाख र गाँउपालिकाको कार्यालयको १ कराेड ३५ लाख रुपैयाँको लागत प्रशासनिक भवन निर्माण गरिईको उनले बताए ।

गाँउपालिका अध्यक्ष यादवका अनुसार,हाल भुई तल्लाकाे काम मात्रै पूर्ण रुपमा सकिएको र माथिल्लो तल्लाकाे अधुराे काम आगामी मंसिरमा सम्पन्न गर्ने गरि निर्माण कम्पनिलाई निर्देशन दिइएको छ ।


साढे ९ वर्षदेखि मदरसाकाे भवनमा गाउँकार्यपालिकाकाे कार्यालय सञ्चालनमा रहदाँ सेवा प्रवाहमा समस्या रहेको सुनाउँदै अध्यक्ष यादवले अब भने नवनिर्मित आफ्नै सुविधासम्पन्न प्रशासनिक भवनबाट कार्यालयका प्रशासनिक र दैनिक कामकाज सञ्चालनमा धेरै सहजता आउने बताए। सेवाग्राहीलाई पनि सेवा लिन धेरै सहज हुने उनले बताए ।

बुधबार प्रशासनिक भवनको उद्घाटन समारोहमा प्रदेश सरकारका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, पटेर्वा सुगाैली गाँउपालिकाका अध्यक्ष दिनेश चाैधरी, जगरनापुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

बारा : घुस रकमसहित पक्राउ परेका वडाध्यक्ष कार्की भ्रष्टाचार मुद्दामा दाेषी ठहर

MadhesKhabar

वीरगन्जको मेनरोड विस्तारमा सर्वोच्चको बाधा : सडक चौंडा नहुदाँ वीरगन्जबासीलाई सास्ती

MadhesKhabar

जगरनाथपुर गाँउपालिकाले किराना पसलबाट किन्याे खाेप

MadhesKhabar

Leave a Comment