Madhes Khabar
स्थानिय

बारा : घुस रकमसहित पक्राउ परेका वडाध्यक्ष कार्की भ्रष्टाचार मुद्दामा दाेषी ठहर

वीरगन्ज,२८बैशाख:सेवाग्राहीसँग घुस लिँदैगर्दा रंगेहात पक्राउ परेका बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्की भ्रस्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

२०८० साल पुष २ गते अख्तियार दुरुपयाेग अनुसन्धानको टोलीले जितपुरसिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष कार्कीलाई सेवाग्राहीसंग पाँच लाख रुपैयाँ घुस रकम लिदै गरेकाे अवस्थामा पक्राउ गरेको थियो।

उनीविरुद्ध विशेष अदालतमा अख्तियारले २०८० साल माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो।

वडाध्यक्ष कार्कीलाई विशेष अदालतले दोषि ठहर गरेको हो।

विशेष अदालतका न्यायाधीश टेक नारायण कुवर र तेज नारायण सिंह राइको इजलासले बिहीबार वडा अध्यक्ष कार्कीलाई दोषि ठहर गरेको हो।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

Related posts

राष्ट्रिय कर्मचारी संगठन निजामती पर्सा अध्यक्षमा कुर्मी र बारा अध्यक्षमा कुशवाहा चयन

MadhesKhabar

वीरगन्जका क्यासिनोहरुमा मुख्यमन्त्री सिंहको छड्के अनुगमन,नेपालीलाई पनि जुवा खेलाएको भेटियो

MadhesKhabar

वीरगन्जकाे मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

MadhesKhabar

Leave a Comment