Madhes Khabar
स्थानिय

बारा : घुस रकमसहित पक्राउ परेका वडाध्यक्ष कार्की भ्रष्टाचार मुद्दामा दाेषी ठहर

वीरगन्ज,२८बैशाख:सेवाग्राहीसँग घुस लिँदैगर्दा रंगेहात पक्राउ परेका बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्की भ्रस्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

२०८० साल पुष २ गते अख्तियार दुरुपयाेग अनुसन्धानको टोलीले जितपुरसिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष कार्कीलाई सेवाग्राहीसंग पाँच लाख रुपैयाँ घुस रकम लिदै गरेकाे अवस्थामा पक्राउ गरेको थियो।

उनीविरुद्ध विशेष अदालतमा अख्तियारले २०८० साल माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो।

वडाध्यक्ष कार्कीलाई विशेष अदालतले दोषि ठहर गरेको हो।

विशेष अदालतका न्यायाधीश टेक नारायण कुवर र तेज नारायण सिंह राइको इजलासले बिहीबार वडा अध्यक्ष कार्कीलाई दोषि ठहर गरेको हो।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

Related posts

अपडेट :होटलको कोठाबाट बुवा–छोराको शव निकालेर प्रहरीले नारायणी अस्पतालमा पठायो

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

सरावगी भन्छन् – जित्ने बित्तिक्कै ठगी मुद्धा हालेर ठेक्का पट्टाको बक्यौता असुल्छु

MadhesKhabar

Leave a Comment