Madhes Khabar
स्थानिय

पर्साको पटेर्वा सुगौलीमा सुरक्षा सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न

प्रमोद यादव
पर्सा,१२जेष्ठःपर्साको पटेर्वा सुगौलीमा सुरक्षा सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको आयोजनामा प्रहरी कार्यालय परिसरमै ‘हर प्रहरी , गाउँघर नगरी !’ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएकाो हो । काार्यक्रममा पर्साको ग्रामीण क्षेत्रमा शान्ति सुरक्षाको अवस्था अझ सुदृढ बनाउन लगायतका विषयमा प्रहरी र नागरिकबिच छलफल गरिएको थियो ।

काार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधिहरुले गाँउमा प्रहरीकोे गस्ती बढाउन, विना हेल्मेट मोटरसाइकल चलाउनेलाई कारबाही गर्न ,गाडीमा चर्को आवाजमा बुफर बजाउनेलाई कारबाही गर्न , प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई सहज सेवा दिन, अनुसन्धानका नाममा नागरिकलाई दुख नदिन, भेदभाव नगर्न लगायतका सुझााव प्रहरी प्रमुखलाई दिएका थिए ।

स्थानीयका सुझाव सुनेपछि ईलाका प्रहरी कार्यालय पटुर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापाले प्रहरीलाई समुदायको साथ र सहयोग आवश्यक रहेको बताए । कहिकतै गलत गतिविधी भए त्यसको सुचना दिएर प्रहरीलाई सहयोग गर्नपनि उनले आग्रह गरे ।कार्यक्रममा पटेर्वा सुगौैली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाँउपालिकका जनप्रतिनिधि,नागरिक समाज,शिक्षक लगायतको सहभागीता रहेको थियो ।

 

Related posts

मलंगवा घटनाका घाइते यादवकाे उपचार खर्च नि:शुल्क गर्न सरकारसंग सांसद चाैरसियाकाे आग्रह

MadhesKhabar

गुणस्तहिन काम गरेको भेटिएपछि सिर्सिया पुलको निर्माण कार्य रोके मेयर सिंहले

MadhesKhabar

पर्साको फुलकवलमा नवनिर्मित प्रवेशद्वारको मन्त्री गुप्ताले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment