Madhes Khabar
स्थानिय हेडलाइन

प्रधानमन्त्री प्रचण्डसंग सांसद यादव र मेयर सिंहको भेटघाट : वीरगन्जको विकासमा ध्यान दिन आग्रह

वीरगन्ज, ७ चैत : वीरगन्जको विकास र समृद्धिका लागि सांसद प्रदीप यादव र मेयर राजेशमान सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डर्लाइ भेटेर आग्रह गरेका छन् ।

पर्सा क्षेत्र नम्बर १ का सांसद एंव पूर्व वनतथा वातावरणमन्त्री यादव र वीरगन्ज महानगरपालिकाका मेयर सिंहले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमै भएको भेटघाटका क्रममा यादव र सिंहले वीरगन्जका विद्यमान समस्याका साथै आवश्यक विकास योजनाका बारेमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए ।

भेटघाटका क्रममा सांसद यादवले वीरगन्जको विकास र समृद्धिका लागि बाधक बनेका समस्याहरु समाधानका सम्बन्धमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।यस्तै मेयर सिंहले वीरगन्ज देशकै प्रमुख प्रवेशद्वार भएपनि सँधै राज्यबाट उपेक्षामा पर्दै आएको दुखेसो पोख्दै वीरगञ्जलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

वीरगन्जको विकासले देशको राजस्वमा पनि प्रभाव पर्ने हुँदा संघ सरकारका तर्फबाट विकासका योजना दिँदा वीरगन्जको सन्दर्भमा कन्जुस्याई नगर्न पनि उनले प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरे ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले वीरगन्जको विकास र समृद्धिका लागि आफु सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले वीरगन्जको विकासका लागि चाहिने हरेक सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि जनाए ।

भेटघाटका क्रममा सांसद यादवर मेयर सिंहसंगै जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन प्रसाद साह सोनारको पनि उपस्थित रहेको थियो ।

 

Related posts

बारामा उत्खनन रोकिएका ३ स्थानीय तहका खोला अझै खुलेनन्

MadhesKhabar

नागरिकता माग्दै काठमाडौंमा पनि प्रदर्शन

MadhesKhabar

सहिद परिवारलाई मधेस सरकारले दिने भनेको राहत घोषणामै सीमित

MadhesKhabar

Leave a Comment