Madhes Khabar
राजनीति हेडलाइन

मन्त्रालय भागबण्डा टुंगियो, कांग्रेस र एमालेलाई कुन कुन ?

फाइल तस्बिर :बीबीसी

काठमाडौं,३०असार: सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ ।श्राेतका अनुसार, कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय लिने सहमति दुवै दलबिच भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ ।

नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकासलगायतका मन्त्रालय लिनेछ । मन्त्रालय भागबण्डा टुंगिएको तर व्यक्तिहरु टुंगिनसकेको दुबै दलका नेताहरुले बताएका छन् । सोमबार बिहानसम्म मन्त्रीहरुको पनि नाम टुंगो लगाउने दुई दलको तयारी छ ।साभार:अनलाइनखबरबाट

Related posts

जसपा नेपालको प्रवक्ताको जिम्मेवारी मनिष कुमार सुमनलाई

MadhesKhabar

जिराभवानी गाँउपालिकाको नयाँ बजेटमा पूर्वाधारसंगै शिक्षा, कृषि र स्वास्थ्य प्राथमिकतामा

MadhesKhabar

पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता

MadhesKhabar

Leave a Comment