Madhes Khabar
स्थानिय हेडलाइन

पत्रकार नेहाल खानको उपचारका लागि मेयर सिंहले दिए ५० हजार रुपैयाँ

वीरगन्ज, ३ असोज : फोक्सोको रोगबाट ग्रसित वीरगन्जका पत्रकार नेहाल खानको उपचारका लागि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

काेराेना महामारीका बेला काेभिडमा संक्रमित भएर निकाे भएका
पत्रकार खानको फाेक्साेमा फेरि समस्या भएपछि अहिले उनकाे वीरगन्जस्थित नारायणी अस्पतालको आईसीयूमा राखेर उपचार चलिरहेको छ ।

पत्रकार खान अस्पतालमा भर्ना भएको जानकारी पाउनासाथ मेयर सिंहले बुधबार बिहान आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ सहयोग उपलब्ध गरेका हुन् ।मेयर सिंहका स्वकीय सचिव अफरोज आलम, प्रेस सल्लाहकार महेस दास, समाजसेवी एवं युवा नेता सुरेशमान सिंह लगायतले अस्पतालमै पुगेर खानलाई ५० हजार रुपैयाँको चेक चेक हस्तान्तरण गरेका हुन् ।

मेयर सिंहले पत्रकार खानको उपचारका लागि आफूले व्यक्तिगत रुपमा अहिले सहयोग गरेको र थप सहयोगका लागि सँधै तत्पर रहेको बताए । वीरगन्जका पत्रकार र पत्रकारिताको सुरक्षा तथा संरक्षणका लागि कहिल्यै पनि आफू पछि नहट्ने भन्दै उनले पत्रकार खानको उपचारका लागि आवश्यक पर्ने अन्य सबै सहयोग गरिने बताए ।

पत्रकार खानको पत्नी पनि अहिले क्यान्सर रोगका कारण उपचाररत नै छिन् । पतिपत्नी दुवै रोगबाट ग्रसित हुँदा उपचारका लागि आवश्यक रकम जुटाउन सञ्चारकर्मीहरुले सामाजिक सञ्जाल मार्फत आवश्यक सहयोग गर्न भन्दै अपिल गरेका छन् ।

Related posts

पटेर्वा सुगौली गाँउपालिकाका विधालयहरु एक हप्ता बन्द हुने

MadhesKhabar

रौतहटमा मतपेटिका लुटियो,तोडफोड र आगजनी,अवस्था तनावग्रस्त

MadhesKhabar

मिडियामा आएको मत सर्वेक्षण प्रायोजित र हावादारी हो : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment