Madhes Khabar
कृषि हेडलाइन

पर्साका किसानलाई वितरण नगरी घरमा लुकाएर राखिएको १९१ बोरा मल बरामद

वीरगन्ज,२९साउनःपर्साको सखुवा प्रसौनी गाँउपालिका वडा २ कटेया गाँउका दुई वटा घरमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको निर्देशनमा खटिएको प्रहरीसहितको अनुगमन टोलीले कटेया गाँउका साह महमद अन्सारी र युनुस अन्सारीको घरमा बुधबार मध्यरातमा छापामा मारेर १९१ बोरा मल बरामद गरेको हो ।

कृषि सामग्री कम्पनि लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनबाट किसानलाई वितरण गर्नका लागि पठाइएको सरकारी अनुदानको मल महङ्गो मूल्यमा बिक्रीका लागि अवैध रुपमा भण्डारण गरेर राखिएको सूचना प्रजिअ अर्याललाई बुधबार प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा साल्ट ट्रेडिङ,कृषि सामग्री कम्पनि ,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त अनुगमन टोली खटिएको थियो ।

उक्त अनुगमन टोलीले बुधबार मध्यरातमा कटेयाका साह महमद अन्सारीको घरमा छापामा मार्ने क्रममा उक्त घरमा अवैध रुपमा भण्डारण गरि राखिएको डिएमी ९ बोरा, पोटास १८ बोरा र फस्फोट ११४ बोरा मल बामद गरेको प्रजिअ अर्यालले जनकारी दिए ।

त्यसलगत्तै कटेयाकै युनुस अन्सारीको घरमा छापा मार्ने क्रममा उनको घरमा पनि लकुाएर राखिएको अवस्थामा डीएपी २७ बोरा र पोटास २३ बोरा मल बरामद गरिएको उनले बताए ।

दुवै घरबाट बरामद १९१ बोरा मल जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर राखिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । मल बरामद गरिएको दुवै घरका घरधनीहरु भने फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताए ।

पर्सामा अहिले धानबालीका लागि मलको चरम अभाव हुदाँ किसानहरु समस्यामा छन् । नेपाल सरकारले आयात गरेको मलपनि प्रायप्त छैन ।किसानलाई वितरणका लागि आयात गरिएको अनुदानको मलपनि किसानसम्म पुग्न सकेको छैन ।मल वितरणमा अनियमितता र कालोबजारी भइरहेको गुनासो आएपछि प्रजिअ अर्यालले दुई दिन अघि मात्रै जिल्लामा मल वितरक कृषि सहकारी संस्थाका सञ्चालक, स्थानीय तहका उपप्रमुख र कृषि शाखा प्रमुखहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर मल वितरण प्रकृयालाई सहज र पारदर्शी बनाउन निर्देशन दिएका थिए ।

त्यससंगै प्रजिअ अर्यालकै निर्देशनमा बुधबारदेखि मल वितरण प्रकृयाको अनुगमनका लागि अनुगमन टोली खटिएको थियो । त्यसैक्रममा बुधबार राति कटेया गाँउका दुई वटा घरमा छापा मारेर १९१ बोरा मल बरामद गरिएको प्रजिअ अर्यालले बताए ।

 

Related posts

आज विजयादशमी, नवदुर्गाकाे प्रसाद स्वरुप टीका र जमरा लगाइँदै

MadhesKhabar

परवानीपुर सब स्टेसनमा आगलागीपछि पर्सा-बारा औद्योगिक करिडोरमा विद्युतको अभाव

MadhesKhabar

पर्सा -बाराका पालिकाले विधुतको करोडौं महसुल तिर्न बाँकी, ४५ दिनमा नतिरे लाइन काट्ने चेतावनी

MadhesKhabar

Leave a Comment