Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

बारा–पर्साका उद्योगीहरु भन्छन् : बिजुलीको लाइन जोडिएन भने उद्योगहरु सधैंका लागि बन्द हुन्छन्


फाइल फोटो।

वीरगन्ज,१८पुषःवीरगन्ज उद्योग वाणिज्य संघले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुमा काटिएको विद्युत् लाइन जोडिदिन माग गरेको छ ।

संघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष अनिलकुमार अग्रवालले उद्योगहरूको विद्युत् लाइन काटिएका कारण मुलुकभरि भइरहेको भौतिक पूर्वाधार निर्माणलगायत कामसमेत अवरुद्ध भइरहेकाले उद्योगहरूमा बिजुली आपूर्ति गरिनुपर्ने माग गरे ।

‘यसो नगरे मन्दीको मारले थलिएका उद्योग सधैंका लागि बन्द हुन सक्छ । तिनमा कार्यरत २० देखि २५ हजार श्रमिकले रोजगारी गुमाउने दिन टाढा छैन,’ उनले भने, ‘उद्योगमा लगानी गरेका बैंकसमेत समस्यामा पर्छन् । अर्थतन्त्रमा पनि गम्भीर नकारात्मक असर पर्न जाने निश्चित छ ।’

विद्युत् महसुलमा नेपाल विद्युत् प्राधिकरणको अव्यावहारिक नीतिका कारण औद्योगिक ग्राहक अन्यायमा परेको उनको भनाइ छ । प्राधिकरणले हालसम्म २३ उद्योगको लाइन काटिसकेको र तीमध्ये पर्सा÷बारा औद्योगिक कोरिडोरका ठूला उद्योग पनि रहेको अग्रवालले जनाए । ‘लाइन काटिएका उद्योगको उत्पादन बन्द हुँदा कामदार सडकमा उत्रिएको अवस्था छ,’ उनले भने, ‘आर्थिक मन्दीले उद्योग व्यापार धराशायी हुने अवस्थामा पुगेका बेला बिजुलीको समस्याले औद्योगिक वातावरण बिगार्ने जोखिम बढेको छ ।’

उद्योगीहरूले डेकिकेटेड र ट्रंकलाइनबाट खपत गरेको महसुल कहिल्यै तिर्दैनौं नभनेको संघका द्वितीय उपाध्यक्ष माधव राजपालले बताए । उपभोग नै नगरेको विद्युत्को महसुल जबर्जस्ती तिराउन खोजिनु अन्यायपूर्ण हो भन्नेमा मात्रै निजी क्षेत्रको अडान रहेको उनको भनाइ छ ।साभार ः ईकान्तिपुरबाट

 

Related posts

बारामा एक बृद्धकाे घाँटी रेटेर हत्या

MadhesKhabar

वीरगन्ज कृषि औजार कारखानाका लागि आविष्कार केन्द्रले किन्यो ५० लाखकाे मेसिन

MadhesKhabar

वीरगन्जको मालपोत कार्यालयबाट लेखापढी व्यवसायी कलवार पक्राउ

MadhesKhabar

Leave a Comment