Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

बारा–पर्साका उद्योगीहरु भन्छन् : बिजुलीको लाइन जोडिएन भने उद्योगहरु सधैंका लागि बन्द हुन्छन्


फाइल फोटो।

वीरगन्ज,१८पुषःवीरगन्ज उद्योग वाणिज्य संघले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुमा काटिएको विद्युत् लाइन जोडिदिन माग गरेको छ ।

संघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष अनिलकुमार अग्रवालले उद्योगहरूको विद्युत् लाइन काटिएका कारण मुलुकभरि भइरहेको भौतिक पूर्वाधार निर्माणलगायत कामसमेत अवरुद्ध भइरहेकाले उद्योगहरूमा बिजुली आपूर्ति गरिनुपर्ने माग गरे ।

‘यसो नगरे मन्दीको मारले थलिएका उद्योग सधैंका लागि बन्द हुन सक्छ । तिनमा कार्यरत २० देखि २५ हजार श्रमिकले रोजगारी गुमाउने दिन टाढा छैन,’ उनले भने, ‘उद्योगमा लगानी गरेका बैंकसमेत समस्यामा पर्छन् । अर्थतन्त्रमा पनि गम्भीर नकारात्मक असर पर्न जाने निश्चित छ ।’

विद्युत् महसुलमा नेपाल विद्युत् प्राधिकरणको अव्यावहारिक नीतिका कारण औद्योगिक ग्राहक अन्यायमा परेको उनको भनाइ छ । प्राधिकरणले हालसम्म २३ उद्योगको लाइन काटिसकेको र तीमध्ये पर्सा÷बारा औद्योगिक कोरिडोरका ठूला उद्योग पनि रहेको अग्रवालले जनाए । ‘लाइन काटिएका उद्योगको उत्पादन बन्द हुँदा कामदार सडकमा उत्रिएको अवस्था छ,’ उनले भने, ‘आर्थिक मन्दीले उद्योग व्यापार धराशायी हुने अवस्थामा पुगेका बेला बिजुलीको समस्याले औद्योगिक वातावरण बिगार्ने जोखिम बढेको छ ।’

उद्योगीहरूले डेकिकेटेड र ट्रंकलाइनबाट खपत गरेको महसुल कहिल्यै तिर्दैनौं नभनेको संघका द्वितीय उपाध्यक्ष माधव राजपालले बताए । उपभोग नै नगरेको विद्युत्को महसुल जबर्जस्ती तिराउन खोजिनु अन्यायपूर्ण हो भन्नेमा मात्रै निजी क्षेत्रको अडान रहेको उनको भनाइ छ ।साभार ः ईकान्तिपुरबाट

 

Related posts

३० कराेडकाे एमआरआई मेसिन नारायणी अस्पतालमा अढाई महिनादेखि अलपत्र

MadhesKhabar

वडाध्यक्ष महर्जनकाे आँखा फुटाउने प्रहरीलाई कारबाहीकाे माग गर्दै वीरगन्जमा कांग्रेसको प्रदर्शन

MadhesKhabar

वीरगन्ज नाकाबाट एक वर्षमा १ अर्ब २० करोडको नेपाली छुर्पी विदेशमा निर्यात

MadhesKhabar

Leave a Comment