Madhes Khabar
स्वास्थ्य हेडलाइन

हैजालाई “हौवा” बनाएर बिरामीको उपचारमा व्यापार नगर्न अस्पतालहरुलाई मेयर सिंहको चेतावनी

वीरगन्ज,९भदौंःहैजाको संक्रमण नियन्त्रणमा प्रभावकारीता ल्याउन वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले प्रभावित क्षेत्रमा जथाभावी औषधीजन्य सामग्री वितरण नगरी एकद्वार नीति अवलम्बन गर्न निर्देशन दिएका छन् । उनलेले हैजालाई “हौवा” बनाएर व्यापार नगर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

नीजि अस्पतालहरूले परीक्षणको नाममा किट बिक्री गर्ने प्रयास गरेको देखिएको भन्दै सिंहले सरकारले नै किट निशुल्क उपलब्ध गराउने स्पष्ट पारे ।

वीरगन्जमा सोमबार बिहान आयोजित अन्तरक्रियात्मक छलफलमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन , युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगरको स्वास्थ्य शाखाका प्रतिनिधिहरूसँग छलफल गर्दै मेयर सिंहले हैजा नियन्त्रणका सबै कार्य एकीकृत प्रयासमार्फत गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफलमा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थालाई नै उपचारको मुख्य केन्द्र बनाउनुपर्नेमा जोड दिए । निजी स्वास्थ्य संस्थाले झाडापखाला जन्य रोगको उपचारका लागि समान मापदण्ड अपनाउनु उपयुक्त हुने उनले सुझाए । महानगरको समन्वयमा मन्त्रालयको टोलीले निजी अस्पतालहरूको अनुगमन गर्ने र त्यहाँ आइसियुमा उपचाररत बिरामीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने तयारी रहेको पनि जानकारी दिइयो ।

त्यसैगरी स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखाका प्रमुख डा. प्रविण झाले हैजाको परीक्षण बारम्बार गर्न आवश्यक नभएको स्पष्ट पारे । “एउटा बिरामीमा हैजाको पुष्टि भइसकेपछि, त्यस्तै लक्षण देखिएका अन्य बिरामीको परीक्षण दोहोर्याइरहनु पर्दैन, बरु सीधा उपचारमा ध्यान दिनुपर्छ,” उनले भने ।

Related posts

वीरगन्जमा ठूलाे परिमाणमा चरेससहित ३ जना पक्राउ

MadhesKhabar

सखुवाप्रसाैनीमा एमाले अध्यक्ष ओलीलाई ५२ किलाेकाे मालाले गरियाे स्वागत

MadhesKhabar

दिपावलीमा चीन र भारतबाट ४५ करोडको झिलिमिली विधुतीय बत्ती आयात

MadhesKhabar

Leave a Comment