Madhes Khabar
राजनीति हेडलाइन

पर्साको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सक्दो सहयोग गर्छु : उद्योगमन्त्री रिजाल

वीरगन्ज,४बैशाख : संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पर्सा जिल्लाको स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन्।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ बिजवनियामा नवनिर्मित वडा कार्यालय भवन, बर्थिङ सेन्टर तथा जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री रिजालले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता रहेको र त्यसका लागि आफुले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रमामा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बर्थिङ सेन्टर र प्रयोगशाला सन्चालनमा आएपछि नागरिकको उपचारमा पहुँच स्थापित गर्न सहज हुने बताए । वडाको सेवा लिन पनि अब नागरिकलाई सहज हुने उनको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर चौधरी, कांग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधिहरु वशिष्ठ नारायण कुर्मी, सहरुम राउत गदि, रामदेव चौहान, कांग्रेस पर्साका प्रवक्ता रमेश पान्डे, जिल्ला सह सचीव नवीन सिंह, कोषाध्यक्ष प्रेम थापा, क्षेत्रीय सचीव बालिस्टर अहमद, मन्त्री रिजालका स्वाकिय सचिव राकेश यादव, गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन राय, वडाध्यक्ष सुभाष यादव लगायतका उपस्थिति रहेको थियो ।

 

Related posts

नेपालमा भारु ५ सय र २ हजार दरका नाेटमाथि लगाईएकाे प्रतिबन्ध हटाउन मेयर सिंहकाे माग

MadhesKhabar

अखिल नेपाल किसान महासंघ पर्साको अध्यक्षमा सिंह चयन

MadhesKhabar

तामागढी–सिम्रौनगढ सडक बनेको ३ वर्ष बित्दा पनि जग्गाधनीले अझै पाएनन् मुआब्जा

MadhesKhabar

Leave a Comment