Madhes Khabar
राजनीति

अखिल नेपाल किसान महासंघ पर्साको अध्यक्षमा सिंह चयन

वीरगन्ज,२९भदौंःअखिल नेपाल किसान महासंघ पर्साको अध्यक्षमा राजकुमार सिंह चयन भएका छन् । शनिबार वीरगन्जमा सम्पन्न महासंघ पर्साको अधिवेशनले अध्यक्षमा सिंहको अध्यक्षतामा ३५ सदस्यिय जिल्ला कमिटी गठन गरेको हो ।

महासंघ पर्साको उपाध्यक्षमा राजनारायण पटेल, सचिवमा लालकिशोर यादव,सदस्यमा सरस्वती देवी,सुनिल कुमार सिंह,विशेसर यादव,जादोलाल पटेल,सीना देवी, अनुज यादव लगायतका चयन भएको महासंघका केन्द्रीय सचिव उमेश गुप्ताले जानकारी दिए ।

नयाँ नेतृत्व चयनका लागि बन्दसत्र अघि अधिवेशनको उद्घाटन नेकपा एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माले गरेका थिए । शर्माकै प्रमुख आतिथ्यतामा भएको उद््घाटन सत्रमा महासंघका केन्द्रीय सचिव उमेश गुप्ता, नेकपा एमाले पर्साका सचिव महेश दास, प्रदेश कमिटी सदस्य रमीला खातुन, जिल्ला सदस्य खुर्रम आलम, केन्द्रीय सदस्य मनोज कुमार कुशवाह, अमल यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Related posts

लोसपा छाडेका राजेन्द्र महतोले खोले नयाँ पार्टी ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’

MadhesKhabar

वीरगन्जको इनर्वामा विभिन्न दल परित्याग गरी ६७ जना जनमत पार्टीमा प्रवेश

MadhesKhabar

पर्सा–२ का मतदाता सामु रास्वपा उम्मेदवार सुशीलको वाचा : जनताको आशा र भरोसा टुट्न दिन्न

MadhesKhabar

Leave a Comment