Madhes Khabar
राजनीति

सप्तरी–२ मा रास्वपाका रामजी यादव विजयी : सिके राउत भए तेस्रो

काठमाडौं,२४ फागुनःसप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका रामजी यादव निर्वाचित भएका छन् ।यादव २८ हजार ४०४ मत ल्याएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत पाउँदा जनमत पार्टीका सिके राउतले भने केवल ९ हजार ८८० मत प्राप्त गरे ।

जनमत पार्टीबाटै फुटेर बनेको स्वाभिभान पार्टीका उम्मेदवार सतिशकुमार सिंहले ३ हजार ५५७ मत पाएका छन् । उनी जनमतबाटै मधेसको मुख्यमन्त्री भएका थिए ।यस्तै, कांग्रेसका रामकुमार यादवले २४९८, राष्ट्र निर्माण पार्टीका अफरोज आलमले ११२० र मोहम्मद जियाउन रहमान ८८३ मत पाएका छन् ।

 

 

Related posts

देउवालाई फेरि झट्का : कांग्रेसको महाधिवेशन रोक्न सर्वाेच्च अदालतद्वारा अस्वीकार

MadhesKhabar

संसदको छोटो प्रक्रियाबाट नागरिकता विधेयक पारित गर्न एमाले सचिव भट्टराईको आग्रह

MadhesKhabar

भ्रष्टचारी दल र नेताबाट देशलाई मुक्त पार्न राप्रपालाई जिताउन साहको आग्रह

MadhesKhabar

Leave a Comment