Madhes Khabar
राजनीति

जसपाका पूर्व सांसद रौनियारलाई एमालेमा प्रवेश गराउन केपी ओली पर्सामा आउँदै

वीरगन्ज,२मंसिर: जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

२०७४ काे निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राैनियार जसपा छाडेर एमालेमा प्रवेश गर्न लागेका हुन्।

 

पूर्व सांसद रौनियारलाई पार्टी प्रवेश गराउन नेकपा एमालेले पर्साको पोखरीयामा मंसिर ५ गते बृह्त पार्टी प्रवेश कार्यक्रम गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि कार्यक्रममा सहभागी भइ रौनियारलाई पार्टी प्रवेश गराउने नेकपा एमाले पर्साले जनाएको छ ।

 

केहिदिन अगाडी रौनियार काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए । त्यही भेटमा रौनियार एमालेमा प्रवेश गर्न तयार भए । तर मंसिर ५ मा आफ्नै क्षेत्रमा अध्यक्ष ओलीलाई बोलाएर एमालेमा प्रवेश गर्दैछन् ।

रौनियार पप्पु कन्ट्रक्सनका पूर्व सञ्चालक मालिक हुन् ।

Related posts

आउँदो चुनावबाट रास्वपाको एकल सरकार बन्छ , प्रधानमन्त्री पनि बन्छ : रवि लामिछाने

MadhesKhabar

बाराका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित

MadhesKhabar

नागरिकता मुद्दा समाधानमा मधेसी जनताको भरोसा कांग्रेस प्रति नै छ : अजय चौरसिया

MadhesKhabar

Leave a Comment