Madhes Khabar
राजनीति

जयमङगलापुरमा काँग्रेस उम्मेदवार रिजालाई भव्य स्वागत

मधेसखबर
वीरगन्ज , २० कार्तिक : पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने छिपहरमाई गाँउपालिका वडा नम्बर ३ जयमङ्गलापुरमा नेपाली काँग्रेसका प्रतिनधिसभा सदस्यका उम्मेदवार रमेश रिजालकाे भव्य स्वागत गरिएको छ ।

चुनावी घरदैलाेका क्रममा आइतबार बिहान पुगेका रिजाललाई जयमङ्गलापुर र बुडगाइका मतदाताहरुले अबिर टीका र माला लगाएर स्वागत गरेका हुन् ।

घरघरबाट स्वस्फूर्त रुपमा निस्किएर गृहिणी महिला, बृद्धबृद्धा र युवाहरुले रिजाललाई स्वागत गर्दै यसपालि अत्याधिक मत दिएर काँग्रेस नेतृत्वको गठबन्धनलाई जिताउने घाेषणा पनि गरे।

त्यस क्रममा काँग्रेस केन्द्रीय सदस्य समेत रहेका रिजालले जनताकाे अपार माया , समर्थन र भराेसाले आफुलाई थप जिम्मेवार बनाएकाे भन्दै जनताकाे याे भराेसालाई आफुले कदापि टुट्न नदिने वाचा गरे । मतदाताहरुसंग उनले भने, तपाईहरुकाे याे आत्मियताले म आजन्म ऋणी भएकाे छु , यसलाई म बाँचुन्जेल चुकाउने काेशिश गरिरहने छु ।

चुनावी घरदैलाे कार्यक्रममा प्रदेशसभा सदस्यमा माओवादी केन्द्रकि उम्मेदवार शेख चाँद ताराका साथै काँग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताहरुकाे पनि सहभागीता थियाे ।

Related posts

शिक्षामन्त्री महावीर पुनले पनि राजीनामा दिए

MadhesKhabar

नेकपा एसले ५ वटै मन्त्री फेरयो , मेटमणी सहरी विकास मन्त्री बन्ने

MadhesKhabar

गठबन्धन भित्र सिट बाँडफाटको अझै टुङ्गो लागिसकेको छैन : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment