Madhes Khabar
राजनीति

एमालेको अवरोधले नागरिकता विधेयक पास हुन नसकेको प्रचण्डको आरोप

फाइल तस्वीर

मधेसखबर
वीरगन्ज, २४ बैशाख :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका कारण नागरिकता विधेयक संसदबाट पारित हुन नसकेको आरोप लगाएका छन् ।
शनिबार जनकपुरमा आयोजित पाँच दलीय सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने ,‘ नागरिकता विधेयक संसदमा लामो समय देखि अड्किएको छ , तर संसदमा एमालेको अवरोधका कारण अगाडि बढ्न सकेको छैन । एमालेका सांसदहरूले सदन अवरोध गरिरहँदा विधेयक अघि बढाउन नपाएको उनले बताए ।
तर अब बस्ने संसद बैठकमा भने जसरी भएपनि नागरिकता विधेयकलाई अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रचण्डले भने ,‘ अब संसदबाट जरी पनि विधेयक पारित हुन्छ , यदि एमालेले अवरोध गरयो भने पनि हामी जसरी हुन्छ पारित गर्छौ , यो कुरा प्रधानमन्त्री शेरबहादुर देउवासँग भइसकेको छ ।
अहिलेको गठबन्धन यो वा अर्को चुना सम्म मात्र नभइ पछिसम्म पनि टिकाएर लैजाने जिकिर पनि प्रचण्डले गरे ।

Related posts

चीनसंग गरिएको बिआरआई सम्झौता नेपालको स्वाधीनतामाथि हस्तक्षेप : अध्यक्ष यादव

MadhesKhabar

धराैटीमा छुट्न लागेका रवि लामिछानेले फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन् ?

MadhesKhabar

देउवाले एकलाैटी गरेकाले गठबन्धन भत्किएकाे शेखर काेइराला समुहकाे निष्कर्ष

MadhesKhabar

Leave a Comment