Madhes Khabar
राजनीति

संघीय सरकारको वनमन्त्रीमा जसपाका महत्तो नियुक्त

वीरगन्ज, ९ जेष्ठ : संघीय सरकारको वन तथा वातावरणमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट वीरेन्द्रप्रसाद महतो नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार वन तथा वातावरणमन्त्रीमा महतो र शिक्षा‚ विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा जसपाकै प्रमिला कुमारीलाई नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीद्वारा गरिएको सिफारिसको आधारमा मंगलबार राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि पनि वन मन्त्रालयको नेतृत्व जसपाले नै गरेको थियो । जसपाबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रदीप यादव वनमन्त्री बनेका थिए ।

Related posts

सत्ता गठबन्धन भत्किन सक्ने ओलीको संकेत

MadhesKhabar

मधेसलाई कृषिमा देशकै नमुना प्रदेश बनाउने गरी काम गर्छु : नवनियुक्त कृषिमन्त्री पटेल

MadhesKhabar

घूस डिल अडियो प्रकरण : पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

Leave a Comment