काठमाडौं,४वैशाख:नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको एकता सुदृढ बनाउन सभापतिको हैसियतमा सबैभन्दा बढी भूमिका आफूले खेल्ने बताएका छन् ।
पार्टी आधिकारिकता विवादमा शुक्रबार फैसला सुनाउँदै सर्वोच्च अदालतले आफ्नो नेतृत्वलाई वैधता दिएपछि गगनले यस्तो बताएका हुन् ।
‘अब पार्टीका सबै साथीहरूले वृहत्तर एकताका लागि आफ्नो ठाउँबाट काम गर्नुहुन्छ भन्ने विश्वास छ । पार्टी सभापति भएको नाताले सबैभन्दा बढी मूमिका मैले निर्वाह गर्नुपर्छ र म त्यो भूमिका निर्वाह गर्छु,’ गगनले भने ।
उनले सर्वोच्च अदालतको फैसलाले सबै एकताबद्ध भएर सँगै अगाडि जाने सहज वातावरण बनेको दाबी पनि गरे ।
सर्वोच्च अदालतले शुक्रबार पूर्व सभापति शेरबहादुर देउवासहितको रिटलाई खारेज गर्दै गगन पक्षलाई आधिकारिकता दिएको छ ।

