Madhes Khabar
राजनीति

मधेस प्रदेशमा ठाकुर,कर्ण ,झा र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुर,११माघ:चार सिटका लागि मधेस प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झा ७ हजार २ सय २२ मत ल्याएर विजयी भएकी छन् । उनको प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार शमीकुमारी अग्रवालले १ हजार ९ सय ४४ मत ल्याएकी छन् ।

अल्पसंख्यक क्लस्टरमा कांग्रेसका रंजित कर्ण विजयी भएका छन् । उनले ८ हजार ९३ मत पाएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपाका रामनन्दन प्रसादले १ हजार ३ सय ६१ मत पाए ।

यस्तै, जसपा नेपालका नेता महन्थ ठाकुरले ७ हजार ७ सय २५ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्दी नेकपाका लक्ष्मण पौडेलले १ हजार ८ सय ५मत ल्याए ।

दलित क्लस्टरमा कांग्रेसका धर्मेन्द्र पासवान विजयी भएका छन् । पासवानले ७ हजार ९०४ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेकपाका रामानन्द प्रसादले १ हजार ३७६ मत ल्याए ।

Related posts

वीरगन्जमा पनि कांग्रेसले मनायो ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’

MadhesKhabar

पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

MadhesKhabar

प्रदीप यादवलाई जिताउन एमाले नेता कार्यकर्ता पनि एकजुट भएर लागे

MadhesKhabar

Leave a Comment