वीरगन्ज,१६पुसःवीरगन्जमापनि नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बनाएको छ ।नेपाली कांग्रेस पर्साले मंगलबार वीरगन्ज–२४ स्थित पार्टी कार्यालयमा एक कार्यक्रम आयोजना गरेर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो ।
नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको सम्झनामा कांग्रेसले हरेक वर्ष पुसा १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ।
वीरगन्जस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथी कांग्रेस नेता राजकृष्ण अमात्यले भारतको निर्वासनबाट स्वदेश फर्किएका बिपी कोइरालाले त्यसबेला लिएको मेलमिलापको नीति आजपनि उत्तिक्कै सान्दर्भिक रहेको बताए ।
कार्यक्रममा कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले देशमा प्रजातन्त्रको स्थापनाका लागि आजिवन संघर्ष गरेका स्व. बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए। राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै उनले बिपीले अवलम्बन गरेको नीतिलाई कांग्रेसले सदैव सम्झनुपर्ने बताए ।
कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले बिपी कोइरालाले निर्वासनबाट फर्किएका बेला दिएको राष्ट्रिय एकता तथा मेलमिलापको संदेशलाइ दैनिक जिवनमा अपनाउन जरुरी रहेको बताए ।अहिलेका राजनीतिक दलका नेताहरुमा एक अर्काप्रति तुष राखेर राजनीति गरिरहेको भन्दै उनले त्यसका कारण नै मुलुकको राजनीति अस्थिर हुन पुगेको बताए ।
कांग्रेस पर्साका कार्यवाहक सभापति कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा हालै सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघ पर्साको सचिवमा नवनिर्वाचित विजय चौहान, नवनिर्वाचित सदस्य राहुल गुप्तालाई कांग्रेस नेताहरुले सम्मानितपनि गरेका थिए ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी पूर्व उपमेयर शान्ति कार्की,कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंह, नेताहरु प्रेम शंकर श्रेष्ठ, प्रकाश अमात्य , हरेन्द्र यादव लगायतकाकोपनि सहभागिता थियो ।

