वीरगन्ज,२५माघ :पर्सा क्षेत्र नम्बर १ मा को जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फले आइतबार वीरगन्ज वडा नम्बर –७ कुम्हाल टोलमा मतदातालाई भेट्दैं चुनावी घरदैलोका क्रममा मतदाताहरुसंग संवाद गरेका छन् । आइतबार नै उनले वडा नम्बर २१ ताजपुरमापनि युवाहरुसंग भेटघाट गरेका छन् ।
त्यसक्रममा जनमतका उम्मेदवार सरार्फले वीरगन्जमा केहि युवाहरु लागु औसधको कुलतमा फस्दै जानु दुर्भाग्य भएको भन्दै यस्ता दुब्र्यसनिहरुको निशुल्क उपचार गराई सिप प्रदान गरि आत्मनिर्भर बनाउने र युवा सशक्तीकरणमा आफुसंग ठोस रोड म्याम रहेको बताए । वीरगन्जको सरोकार तथा विकासको मुद्दा तथा मधेसको अधिकार ,पहिचानको सवालमा निरन्तर संघर्ष गर्दै आएकोले संसद तथा सम्बन्धित निकायमा वीरगन्ज र वीरगन्जबासीको शिर ठाडो हुने काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गर ।देश र मधेसको लागि उत्कृष्ट दृष्टिकोण जनमत पार्टी र अध्यक्ष डा. सिके राउत संगमात्रै रहेको उनले बताए ।
कार्यक्रममा जनमतका नेताहरू विद्यालाल प्रसाद,भुपेन्द्र साह, डा. मनोज कुमार ,महादेव शर्मा,निराजन कुशवाहा, ,सहनवाज राकी लगायतकाकोपनि सहभागीता रहेको थियो।

