Madhes Khabar
राजनीति

सीके राउतको खुलासा:प्रधानमन्त्री र गृहमन्त्रीले मेयर बालेनलाई पक्राउ गर्न खोजेका थिए

फाइल तस्बिर।

काठमाडौं,२८फाल्गनुःजनमत पार्टीका अध्यक्ष सीके राउतले गत भदौमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई पक्राउ गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दहाल र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले तयारी गरेको खुलासा गरेका छन् ।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा अध्यक्ष राउतले गत भदौमा मेयर बालेनले ’…सिंहदरबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार’ भन्ने स्टाटस सामाजिक सञ्जालमा पोस्ट गरेपछि सुरक्षा निकायका प्रमुखहरुलाई राखेर प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गर्ने विषयमा छलफल चलाएको खुलासा गरेका हुन् ।

राउतले आफ्नो दल नयाँ सत्ता गठबन्धनमा सामेल नहुने पनि स्पष्ट पारेका छन् । गठबन्धन दलहरुबाट सरकारमा सहभागी हुन निम्तो आए पनि त्यसका लागि आफूहरु तयार नरहेको राउतको भनाइ छ ।साभार : कान्तिपुर टिभीबाट

Related posts

मधेसका मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको ठहर गर्दै सर्वाेच्चद्वारा अन्तरिम आदेश जारी

MadhesKhabar

स्व. सुशील काेइरालाकाे स्मृति दिवस वीरगन्जमापनि मनाइयो

MadhesKhabar

पर्सापछि सप्तरीमा पनि फुट्यो जसपा, समानान्तर कमिटी गठन

MadhesKhabar

Leave a Comment