Madhes Khabar
राजनीति

प्रधानमन्त्री र मुख्यमन्त्री दुवै जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ : सिके राउत

वीरगन्ज,९असाेज:जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुने शासकीय व्यवस्थाकाे माग गरेका छन्।बुधबार वीरगन्जमा जनमत पार्टी पर्साले आयाेजना गरेकाे प्रशिक्षण कार्यक्रममा बाेल्दै राउतले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुने व्यवस्था गरिएमा राजनीतिक अस्थिरता अन्त्य हुने र मुलुक समृद्धिकाे दिशामा अगाडि बढ्ने बताए ।
उनले भने,`जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री भयाे भने उसले ५ वर्षकाे पूरा कार्यकाल काम गर्न सक्छ।अहिलेकाे जस्ताे बिचमै कसैले हटाउन सक्दैन ।जसले देशमा राजनीतिक स्थायित्व कायमपनि हुन्छ।´
यसैकारण जनमत पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुने  व्यवस्थाका लागि वकालत गरिरहेकाे उनले स्पष्ट पारे।अध्यक्ष राउतले संवैधानिक निकायका प्रमुहरुपनि जनताद्वारा नै प्रत्यक्ष निर्वाचित हुनुपर्ने माग जनमत पार्टीको रहेकाे बताए ।उनले भने,`संवैधानिक निकायका प्रमुखहरु जनताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था भयाे भने ती व्याक्तिले कुनै दल वा नेताकाे प्रभावमा पर्दैनन्।स्वतन्त्र र निषपक्ष निर्णय गर्छन् ।जसका कारण भ्रष्टाचार आँफै राेकिन्छ।´
अध्यक्ष राउतले २२ जिल्लाकाे मधेसलाई सिङ्गाे एउटा प्रदेश नभए दुई प्रदेश हुनेगरी प्रदेशकाे सिमांकन संशाेधन गरिनुपर्ने मागपनि गरे।अहिलेकाे निर्वाचन क्षेत्रकाे सिमांकनपनि गलत रहेकाे धारणा उनकाे थियाे।
निर्वाचन क्षेत्र जनसंख्याको आधारमा निर्धारण गरिनुपर्ने भएपनि मधेसी दल र नेता शासनसत्तामा पुग्न गार्हाे हुने गरि निर्धारण गरिएको उनले बताए ।उनले भने,`५४ प्रतिशत भन्दा बढी जनसंख्या मधेसमा छ ।तर मधेसमा निर्वाचन क्षेत्र २० प्रतिशत मात्रै छ।जसका कारण बहुमत जनसंख्या हुदाँका बाबजुदपनि मधेसी दलले चुनावमा बहुमत ल्याउन सम्भव नै छैन।´त्यसकारण निर्वाचन क्षेत्र जनसंख्याकाे आधारमा निर्वाचन क्षेत्र पुनर्निधारण गरिनुपर्ने उनले बताए
सत्तारुढ दल कांग्रेस र एमालेले अहिले संविधान संशाेधनकाे कुरा गरेर मधेसीलाई गुमराहमा राख्ने षड्यन्त्र गरिरहेको आराेप उनले लगाए।
जनमत पार्टी पर्साका ईन्चार्ज माधव कुमार सिंहकाे अध्यक्षतामा भएकाे कार्यक्रमलाई जनमत पार्टीका केन्द्रीय सदस्य करिमा बेगम, पर्सा अध्यक्ष ओमप्रकाश सर्राफ लगायतका नेतालेपनि सम्बाेधन गरेका थिए ।

Related posts

प्रचण्डका आतंककारी गतिविधिविरुद्ध रिट दायर गरेका हौं : रिट निवेदक

MadhesKhabar

आगामी मंसिरको पहिलो हफ्तामा निर्वाचन गर्न आयोगद्वारा सरकारलाई सिफारीस

MadhesKhabar

उर्मिला अर्यालले त्यागिन् माओवादी पार्टी

MadhesKhabar

Leave a Comment