Madhes Khabar
राजनीति

लोसपाका जिल्ला अध्यक्ष रामचन्द्र पडित्तसहित १५० जना नेपाली कांग्रेसमा प्रवेश, क्षेत्र नं. ४ मा रिजालको अभियानलाई ठूलो बल

वीरगञ्ज १,फाल्गुन:लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जिल्ला अध्यक्ष रामचन्द्र पडित्त तथा चन्द्रीका सोनारसहित करिब १५० जना नेता–कार्यकर्ता नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन्।

पर्सा क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालको समर्थन गर्दै उनीहरू कांग्रेसमा समाहित भएका हुन्।

पार्टी प्रवेश कार्यक्रममा उम्मेदवार रिजालले नवप्रवेशीहरूलाई टीका लगाएर कांग्रेसमा स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै रिजालले लोकतन्त्र, समावेशी विकास र जनताको अधिकारका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए।

नवप्रवेशीहरूका अनुसार कांग्रेसको नीति, नेतृत्व र विकासको दृष्टिकोणबाट प्रभावित भएर पार्टी परिवर्तन गरेको जनाएका छन्।

कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा रमेश रिजाललाई विजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

Related posts

मधेसको मुख्यमन्त्री पाएमात्र नयाँ सरकारमा जाने जनमत पार्टीको शर्त

MadhesKhabar

पर्साबाट राष्ट्रिय स्वतन्त्र पार्टीको मधेस प्रदेश सदस्यमा पन्त निर्वाचित

MadhesKhabar

पर्सा–१ मा वडाध्यक्ष र पूर्व वडाध्यक्षसहितका जसपा नेताहरु एमालेमा प्रवेश,पूर्वमन्त्री यादवले गरे स्वागत

MadhesKhabar

Leave a Comment