Madhes Khabar
राजनीति

पर्सा–३ का गाँउ गाउँमा पुगेर जनसंवाद गर्दै एमाले उम्मेदवार पाण्डेय

वीरगन्ज २९,माघः पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालले फागुन २१ को निर्वाचन लक्षित जनसम्पर्क अभियानलाई तिब्रताका साथ अगाडि बढाएको छ ।

उक्त क्षेत्रबाट एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयसंगै एमालेका नेताकार्यकर्ताहरु प्रत्येक वडामा पुगेर मतदातासंग सम्पर्क गर्दै संवादपनि गरिरहेका छन् ।

यसैक्रममा बिहीबार पनि एमालेका अगुवा नेताकार्यकर्तासंगै उम्मेदवार पाण्डेय पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर ३ र ४ मा पुगे । बिहीबार बिहान पकहाँ, श्यामपुर, बेलाहा, खेस्राहा, धोबिया टोल, छोटका लहावर थकरी लगायतका गाँउमा पुगेर घरदैलो गरेका पाण्डेयले मतदाताहरुलाई भेटेर उनिहरुका अपेक्षा र आवश्यकता ध्यानपूर्वक सुने ।

मतदातासंगको संवादका क्रममा एमाले उम्मेदवार पाण्डेयले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आँफु जनताकै माझमा रहेर काम गर्ने वाचा गरे । पर्सा क्षेत्र नम्बर ३ को समग्र विकासका लागि आँफु जनसेवक भएर काम गर्ने प्रतिबद्धतापनि उनले मतदातासामु जनाए ।

घरदैलो कार्यक्रममा एमाले नेताहरु तेजप्रकाश निषाद,धामु शर्मा, अकलेश साह, पूर्व गाँउपालिका अध्यक्ष विजय चौरसियाका साथै युवाहरुको पनि सहभागिता थियो ।

Related posts

रुपेश पाण्डेः “लोकप्रिय हुन होइन, काम गर्न राजनीतिमा आएको हुँ”

MadhesKhabar

वीरगन्ज–२८ बगहीमा पुग्दा कांग्रेस उम्मेदवार चौरसियालाई उत्साहित हुदैं युवाहरुले गरे स्वागत

MadhesKhabar

जसपा अरु कुनै पार्टीमा विलय हुदैन, देशकै नम्बर १ पार्टी बन्छ : अध्यक्ष राई

MadhesKhabar

Leave a Comment