Madhes Khabar
राजनीति

जसपा अरु कुनै पार्टीमा विलय हुदैन, देशकै नम्बर १ पार्टी बन्छ : अध्यक्ष राई

वीरगन्ज,०५माघः जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष अशोक राईले जसपा देशकै नम्बर १ पार्टीका रुपमा स्थापित हुने दाबी गरेका छन् ।वीरगन्जमा शनिबार जसपा पर्साले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राइले भने,‘ यो पार्टीप्रति पर्सा र मधेसमात्र होइन,हिमाल,पहाड र मधेस सबैतिर जनलहर बढ्दै गएको छ । आगामि निर्वाचनबाट जसपा देशकै नम्बर १ पार्टीका रुपमा बन्नेतर्फ अग्रसर छ।’

अहिले जसपा एमाले वा अरु कुनै ठूलो दलमा विलय हुने भनेर चलेको बजारी हल्लामा कुनै सत्यता नरहेको जिकिरपनि उनले गरे । उनले भने,‘ जसपा एमाले वा अरु कुनै पार्टीमा विलय हुन जाँदैन जसपा,बाहिर आएको भ्रममा नपर्नुहोला ।यो पार्टी देशकै एक स्थापित पार्टी बन्छ ,हामी बनाएर छाड्छौ ।’

जसपालाई देशकै नम्बर १ पार्टीका रुपमा बनाउनका लागि एकजुट भएर संगठनविस्तारमा लाग्न उनले कार्यकर्ताहरुलाई निर्देशनपनि दिए ।फरक प्रसंगमा जसपा अध्यक्ष राईले अहिले प्राप्त संघीयतामा अझै परिमार्जनको आवश्यकता रहेको बताए ।संघीयतालाई अझै सुव्यवस्थि तगर्नका लागि जसपा पार्टी बनेको भन्दै उनले सुशासनपनि जसपाको मुख्य एजेन्डा रहेको बताए।

मुलुक अहिले भ्रष्टाचारको चक्रब्युहमा फसेको भन्दै उनले त्यसबाट मुलुकलाई बाहिर ल्याउनका लागि जसपा लागेको बताए । उनले भने,‘यी बाहेक जनताको सेवामा हामी अगाडि बढिरहेका छौं ।देश र नागरिकको समृद्धिका लागि जसपा जनताको माझमा आएको छ।

खनेपानीमन्त्री एंव जसपाका उपमहासचिव प्रदीप यादव निकै राम्रो सम्भावना नेता रहेको भन्दै अध्यक्ष राईले मन्त्रीका रुपमापनि उनले राम्रो छवि बनाउन सफल भएको बताए ।

जसपा पर्साका अध्यक्ष सिंगासन सा तेलीको अध्यक्षतामा भएको कार्यक्रममा जसपाकी केन्द्रीय उपाध्यक्ष सुशीला श्रेष्ठ, खानेपानीमन्त्री प्रदीप यादव, केन्द्रीय सदस्य तथा वीरगन्जका मेयर राजेशमान सिंह लगायतकालेपनि सम्बोधन गरेका थिए ।

Related posts

जसपा नेपालबाट फुटेर बनेको अशोक राईको पार्टी दर्ता यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

MadhesKhabar

जसपा र लोसपाको सहयोग खोज्दै सिके राउत: चुनावी सहकार्यको प्रस्ताव

MadhesKhabar

पर्साका सांसद प्रदीप यादव बने स्वास्थ्यमन्त्री, लिए राष्ट्रपतिबाट शपथ

MadhesKhabar

Leave a Comment