वीरगन्ज,१४कात्तिकःवीरगन्जमा युवाहरुको भेलाले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका स्वर्गीय असाहब आलमका दाई मुराद आलमको संयोजकत्वमा १ सय सदस्यीय जेनजी वीरगन्ज युवा कमिटी गठन गरेको छ ।
वीरगन्जस्थित माल्ट होटछलमा बसेको युवाहरुको भेलाले गठन गरेको समितिको उपसंयोजकमा जेजननी आन्दोलनमा घाइते भएका रेयाजुल हक रहेका छन् । यस्तै सदस्यहरुमा सागर यादव, ज्ञानेन्द्र महतो, चन्दन महतो, वासिम शेख,नीरज जोशी,अनिश पटेल, समीर अन्सारी लगायत रहेका छन् ।
समितिको सल्लाहकार समितिमा महादेव प्रसाद कुर्मी,सन्जय श्रेष्ठ,राहुल रौनियार तथा समन्वयकतामा सुधिर पटेल,वीरेन्द्र काण्ठ,रन्दिप श्रीवास्तव,जयशंकर यादव,अमन आलम लगायत रहेका छन् ।

