Madhes Khabar
राजनीति

अबको सरकार दुई तिहाई बहुमतको बन्छ : कांग्रेस नेता शेखर कोइराला

वीरगन्ज,१९असारःनेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले अबको सरकार दुई तिहाई बहुमतको बन्ने दाबी गरेका छन् । वीरगन्जमा बुधबार नेपाली कांग्रेस पर्साले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै नेता कोइरालाले कांग्रेस र एमाले मिलेर अब बन्ने सरकार दुई तिहाई बहुमतको सरकार हुने बताए ।

नयाँ सत्ता समिकरणका लागि कांग्रेस र एमालेबिच भएको पछिल्लो सहमतिले मुलुकमा चल्दै आएको राजनीतिक अस्थिरताको अन्त्त्य गरी मुलुकलाई निकास दिने पनि उनको कथन थियो ।दुई ठूला राजनीतिक शक्ति कांग्रस र एमाले मिल्नु देशका लागि सुखद भएको बताउँदै कोइरालाले यसले राजनीतिक अस्थिरता र अन्योलतालाई समाप्त पार्ने दाबी गरे ।

अब बन्ने दुई तिहाई बहुमतको सरकारले राजनीतिक अस्थितरता अन्त्यका लागि संविधान संशोधन गरेर मुलुकलाई निकास दिने उनले बताए ।

कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्रीको सभापतित्वमा भएको भेलामा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्यहरु रमेश रिजाल,शंकर भण्डारी, अजय चौरसिया,अनिल रुंगटा, पूर्वमन्त्री सुरेन्द्र चौधरी,मधेस प्रदेशसभा सदस्यहरु श्याम पटेल, शंकर चौधरी लगायतकोपनि सहभागिता रहेको थियो ।

Related posts

बिश्रामपुरमा जसपा–एमालेको सम्पर्क कार्यालय उद्घाटन

MadhesKhabar

कुलमानकाे पार्टी `उज्यालो नेपाल´ काे पर्सा संयाेजकमा युवा समाजसेवी रामबाबु यादव

MadhesKhabar

मधेस प्रदेशको मुख्यमन्त्रीमा साेनल नियुक्त

MadhesKhabar

Leave a Comment