Madhes Khabar
राजनीति हेडलाइन

मधेस प्रदेशको मुख्यमन्त्रीमा साेनल नियुक्त

वीरगन्ज,२९असाेज:मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन्। मधेसका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार साँझ मुख्यमन्त्रीमा सोनललाई नियुक्त गरेकी हुन्।

लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष सोनललाई प्रदेश प्रमुख सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गरेकी हुन्।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेर दाबी पेस गरेकोमा प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा सोनललाई नियुक्त गरेको हाे।

सोनललाई जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी)सहित ५ राजनीतिक दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

Related posts

राप्रपाका वीरगन्ज महानगर अध्यक्ष सर्राफद्वारा राप्रपा पार्टी परित्याग

MadhesKhabar

वीरगन्जको कोनियामा किसानलाई कृषि उपकरण वितरण

MadhesKhabar

जनमत पार्टीका सतिश सिंह मधेसको मुख्यमन्त्री बन्दै

MadhesKhabar

Leave a Comment