Madhes Khabar
राजनीति

पर्साका सांसद राजकुमार गुप्ता बने संघीय मामिला मन्त्री

वीरगन्ज,३१असारःपर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिनधीसभा सदस्यमा निर्वाचित राजकुमार गुप्तापनि केपी ओलीको नेतृत्वमा बनेको नयाँ सरकारमा मन्त्री बनेका छन् ।

नेकपा एमालेबाट निर्वाचित सांसद गुप्ता, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् । सोमबार राष्ट्रपति निवाास शीतल निवासमा आयोजित विशेष समारोहमा गुप्तााले अरु मन्त्रीहरुसंगै शपथ लिएका हुन् ।

गुप्तासंगै एमालेबाट विष्णु पौडेलले उपप्रधान तथा अर्थ मन्त्री, पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधिमन्त्री मानवीर राईले रक्षा मन्त्री ,बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिएका छन् । विद्या भट्टराईले शिक्षामन्त्री र देवेन्द्र दाहालले भौतिक पूर्वाधार मन्त्रीको शपथथ लिएका छन् ।

Related posts

महिला फुटबल टोलीकी कप्तान साम्बाको उपचारका लागि कांग्रेसले दियो ५ लाख

MadhesKhabar

वीरगन्जका आसिफ अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित

MadhesKhabar

पर्सामा जसपा निकटकाे शिक्षक फाेरमकाे जिल्ला र महानगर समिति गठन

MadhesKhabar

Leave a Comment