Madhes Khabar
राजनीति

महिला फुटबल टोलीकी कप्तान साम्बाको उपचारका लागि कांग्रेसले दियो ५ लाख

काठमाडौं,१२ फागुनःनेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारार्थ नेपाली कांग्रेसले पाँच लाख आर्थिक सहयोग गरेको छ ।

साम्बा घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारीमा छन् । उनले सहयोगको अपिल समेत गरेकी छन् ।

यसै सन्दर्भमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोही बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको कांग्रेसको केन्द्रिय कार्यालयका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

कांग्रेसका सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गरेकी प्रसिद्ध फुटबल खेलाडी साम्बाप्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको बताएका छन् ।साथै, सभापति थापाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

कांग्रेसले खेलकुदलाई मनोरञ्जनबाट माथि उठाई ‘राष्ट्रिय पहिचान’ र ‘राष्ट्र निर्माणमा युवा सहभागिता’ को मेरुदण्ड बनाउने संकल्प गरेको पनि कांग्रेसको केन्द्रिय कार्यालयका कार्यवहाक मुख्यसचिव दुलालले बताएका छन् ।साभारःअनलाइनखबर

Related posts

बारा-४ मा रास्वपाकाे `टुरिष्ट´ उम्मेदवार :माओवादी छाडेका रहबर अन्सारीले पाए टिकट

MadhesKhabar

ठाकुरराम क्याम्पसमा १६ बर्षपछि भयाे स्ववियु चुनाव ,खस्याे ४० प्रतिशत मत

MadhesKhabar

नागरिकता मुद्धाका लागि अदालत सम्म लडेको हुँ ,यो समस्या समाधान गरेरै छाड्छु– प्रदीप यादव

MadhesKhabar

Leave a Comment